१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङमा गयराती कारलाई बाढिले बगाउँदा ४ जनाको मृत्यु उद्घारमा एसपी:काफ्ले

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८


(सागर थापा)
दाङ । गएराती पौने दश बजेकाे समयमा घाेराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाको बाढिले बगाएको हो । नेपालगंज बाट घाेराही जाँदै गरेकाे प्र ३ -०१-२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढिले बगाउँदा उनिहरुको मृत्यु भएको हो ।
कार चालक घोराही १५ निवासी वर्ष ४३ को नर बहादुर पुनलाई घटनास्थल  देखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अबस्थामा दाङ प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ। उनको घोराहीमा उपचार भैरहेको छ ।

त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि शुसिला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको छ ।

दाङको सिस्नेखोलामा आएको बाढीले बगाउँदा घाेराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसी बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको कमान्डमा बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही बेलुवा स्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!