२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँकेमा एसपी अधिकारी आएदेखि नुनदेखि सुनसम्म धमाधम पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

(महेन्द्र सिंह)
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी आएदेखी नुनदेखि सुनसम्म पक्राउ बिहीबार बाँके प्रहरीले ४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई नेपालगन्जको राँझा विमानस्थलबाट पक्राउ गरिएको हो ।

दिउँसो सवा ३ वजे श्री एयरको विमानवाट काठमाण्डौ देखि आएका झापा खादुवानावारीका २६ वर्षका अमिर लगुन विश्वकर्मा र मोरंग लेटारका २६ बर्षकै वुद्धिमान खाती चार किलो बढी सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुको गतिविधि शंकास्पद देखिएपछि विमास्थलको आगमन कक्ष वाहिर प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा विश्वकर्माले लगाएको जुत्ताको दाँयाबाँया र दुई दुईवटा सुनको विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा एकएक पिस विस्कुट भेटिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा नेपालगन्ज एर्पोट सुरक्षा प्रमुख सन्तोष शाहको कमान्डमा खटिएको प्रहरी टोलीले सुनको ६ थान विस्कुटको तौल ३ किलो ९९४ ग्राम रहेको फेला परेको हो । त्यस्तै खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी वाला, गणेश लकेट ५ थानगरी २७. ४९ ग्राम गरि ४ किलो २१.४९ ग्राम सुन बरामद भएको एसपी अधिकारीले बताउनुभयो ।

यो सुन कहाँबाट कहाँ लगिदै थियो भन्नेबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सुन र पक्राउ व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!