१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

बर्दिया प्रहरीले ब्राउन सुगरसहित ३ जना युवकहरु पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

(महेन्द्र सिंह)
बर्दिया । लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मंगलवार मधुवन नगरपालिका ५ वाट एक भारतीय नागरिक र बढैयाताल गाउँपालिका ७ बाट २ जना गरी तीनजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले मधुवन नगरपालिका ५ मा बहराईच जिल्ला मिहीपुरुवा सुजौली थाना फकिरपुर बस्ने बर्ष २२ को रोहित कुमार गुप्तालाई पक्राउ गरीएको थियो । ईलाका प्रहरी कार्यालय ढोढरी र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले गुप्तालाई शंका लागी रोकी खानतलासी गर्दा १८ ग्राम ७६० मिलि ग्राम लागु औषध (ब्राउनसुगर) सहित पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका गुप्ता लागु औषध (ब्राउन सुगर) को कारोबारी रहेको भन्ने बुझिएको शाहीको भनाई छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको सयुक्त प्रहरी टोलीले बढैयाताल ७ कर्णालीपुर स्थित फुटाह–कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा
शंकास्पद रुपमा बसिरहेको अवस्थामा २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बढैयाताल २ सितापुरका २२ बर्षिय प्रदिप सुनार र २१ बर्षिय बिशाल सिंह ठकुरी रहेका छन । उनीहरुको शरिर खानतलासी गर्दा ९६० मिलि ग्राम लागु औषध (ब्राउनसुगर) फेला परेकोले उक्त लागु औषध सहित नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य अगाडी बढाइएको बर्दिया प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]