२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

कोहलपुर डिएसपी खनालको सक्रियतामा युवामाथि तरवार प्रहार गर्ने २ जना युवा पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष ०१, २०७८


ABC (क्राईमबिट)
बाँके । कोहलपुरबाट ४ महिनाअघि बाँकेको कोहलपुरमा दुई युवालाई खुँडा र तरवार प्रहार गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १५ वर्षीय बालक रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसअघि कोहलपुर–१० बिद्यानगरका २२ वर्षीय विनय चन्द पक्राउ परिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

पक्राउ परेका दुवैजनालाई कोहलपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । उनीहरुले गत भदौ १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर अगाडि कोहलपुर–५ का १९ वर्षीय प्रदीप राना क्षेत्री र २६ वर्षीय विशाल भन्ने कविराज केसीलाई धारिलो हतियारले हानेर घाइते बनाएका थिए ।
दुवैजनालाई धारिलो हतियार खुँडा र तरवारसमेत प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा पक्राउ गरिएको डीएसपी खनालले जानकारी दिए । पक्राउ परेका बालक र चन्दविरुद्ध डिलसरा रोका क्षेत्री र कविराज केसीले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दरखास्त दिएका छन् । अनुसन्धानका क्रममा कुलिन भन्ने अविनाश राना सञ्चालक रहेको केआर कन्ट्रक्सनको नाममा रहेको लु७६प २५२९ नम्बरको मोटरसाइकल घटनामा प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ ।
किटानी जाहेरी परेका कुलिन भने फरार रहेकोले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!