१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङका एसपि सुरेश काफ्लेले जन्म दिन मनाउने क्रममा देखासिखी नगर्न अनुरोध

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्।
दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको छ।
त्यस्तै, आर्यन केसी र विकास भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश भएको छ।
अन्य आठ जना नाबालक रहेको हुँदा मुद्दा पुर्पक्षका लागि अभिभावकको जिम्मा लगाउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए।
मुद्दा फैसला हुन बाँकी रहेको र साक्षी बयानपछि अभियोग ठहर भएमा सोही बमोजिम हुने गरी पुर्पक्षका लागि कसैलाई धरौटीमा, कसैलाई साधारण तारेखमा र नाबालकहरूलाई अभिभावकको जिम्मा लगाउन आइतबार आदेश भएको सूचना अधिकारी शर्माले बताए।

दाङका एसपि काफ्लेको अभिभाबकलाई सुझाब : जन्म दिन मनाउने बहानामा बढ्दो देखासिकी तथा फजुल खर्च रोक्न सबै लागौ!
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साथीको जन्मदिन मनाउन होटलमा गएका पौडेल मदिरा सवेन पछि छतबाट लडेर अचेत भएपछि अन्य साथीहरूले समयमै खबर गर्ने तथा अस्पताल पुर्‍याउने जिम्मेवारी पूरा गर्नुको सट्टा लापरबाही गरेको कुरा अनुसन्धानबाट खुल्न आएको बताएका थिए।
‘लडेर अचेत अवस्थाका व्यक्तिलाई मध्यरातमा नुहाइ दिएर होटलमै सुताउनु र कसैलाई पनि खबर नगर्नु भनेको मृत्युको लागि छोड्नुजस्तै देखियो,’ एसपी काफ्लेले भने, ‘अर्को दिन बिहानसम्म पनि अचेत व्यक्तिका बारेमा दिउँसोमात्रै घर परिवारलाई खबर गर्नु ठूलो लापरबाही मान्न सकिन्छ।’
उनले पछिल्लो समय होटलमा गएर जन्मदिन मनाउने तथा मदिरा सेवन गर्नेजस्तो गलत प्रचलनले गर्दा यस्ता दुःखद घटना हुन थालेको हुँदा सबै अभिभावक सजग रहनु पर्ने तर्क गरे।
‘एकातिर पैसाको नाश अर्कोतर्फ जीवन बर्बाद हुन थालेको छ,’ एसपी काफ्लेले भने, ‘जन्म दिन मनाउने बहानामा बढ्दो देखासिकी तथा फजुल खर्च रोक्न समाजका सबै जिम्मेवार व्यक्तिहरू लाग्न जरूरी छ।’घटना मंसिर १७ गते रातिको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!