१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

एमसीसी खारेजीको माग गर्दै ५ दलहरुले फागुन ४ गते नेपाल बन्दको घोषणा

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लब, नेकपा ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले जानकारी दिए ।

त्यस्तै एमसीसी संसबाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको विज्ञेप्तीमा उल्लेख गरिएको छ । एमसीसीलाई राष्ट्रको हितविपरित रहेको पनि भनिएको छ । राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको पनि उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!