१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

काठमाडौंमा फेला विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु निष्क्रिय पार्दै सेना

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ती वस्तु नक्कली बम रहेको छ । ‘तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । ती वस्तु होक्स (Hoax) रहेछन्,’ एसपी मैनालीले भनेका छन् ।
बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए । नेपाली सेनाको टोलीले निष्कृय नपारुन्जेल सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो । अहिले सो क्षेत्रको जनजीवन सामान्य छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!