२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

चुनावी पोष्टर तत्काल हटाउन निर्देशन नहटाएमा १ लाख रुपैया जरीवाना

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

(ABC=SANCHAR)
पर्सा । बिरगंजमा उम्मेदवारहरुले सार्वजनिक स्थलमा टाँगेका ब्यानरहरु हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएको छ ।

पर्सामा स्थानीय तह निर्वाचनमा आफनो प्रचार प्रसारका लागि दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा टाँगेका पोस्टर र ब्यानरहरु तत्काल हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएको हो ।

पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक स्थलमा उम्मेदवारहरुले राखेका आफना प्रचार ब्यानरहरु नहटाइए सम्बन्धित दल र उम्मेदवारलाइ कार्वाही हुने बताएका छन् ।

आचारसंहिता अनुसार सार्वजनिक भवन, सार्वजनिक पार्क, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न वा टाँस्न पाइने छैन । यस्तै कुनै पनि उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्न्ह, डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड पनि राख्न निषेध गरिएको छ ।

तर पर्सामा वीरगञ्ज महानगर सहित १४ वटै पालिकाहरुमा दल र उम्मेदवारहरुले चोक, सार्वजनिक भवन, पार्क लगायतका सार्वजनिकस्थलमा आचारसंहिता मिचेर आ आफनो पोष्टर लगाएका छन् ।

आज निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर चुनावी पोष्ट र ब्यानर टास्न निषेध गर्दै यदि कसैले पोष्टर र ब्यानर टासे १ लाख रुपैया जरीवाना तिराउने बताए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले गएको चैत २५ गते देखि नै निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!