१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

विश्वराज प्रतिष्पर्धीमात्र हुन् योग्य होइनन् महान्यायाधिवक्ता खम्मबहादुर खाती

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका दाबेदार विश्वराज पोखरेल योग्य पात्र नरहेको तर्क गरेका छन्।

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भइरहेको सुनुवाइमा प्रतिवादीको तर्फबाट बहस गरिरहेका खातीले यस्तो तर्क गरेका हुन्।

‘आईजीपीका लागि उपयुक्त पात्र धीरजप्रताप सिंह नै हुन्। विश्वराज पोखरेल पनि प्रतिष्पर्धी हुन् तर आईजीपीका लागि योग्य होइनन्,’ बहसका क्रममा उनले भने। उनले आईजीपीका लागि उपयुक्त हुन सरकारले कामकर्तव्य तोकेको र त्यसका आधारमा नै निर्णय गरेको बताए। ‘आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकारभित्र पर्छ,’ उनले भने, ‘सरकारले विश्वराजलाई उपयुक्त देखेन। उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन।’

नेपाल समय
यसअघि सात जना न्यायाधीशको इजलासले पनि सरकारको विशेषाधिकारबारे व्याख्या गरिसकेको विषय पनि उनले बहसका क्रममा स्मरण गराए। यतिखेर सर्वोच्च अदालतमा आईजीपी मुद्दाको सुनुवाइ भइरहेको छ। सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन्।

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज भइरहेको सुनुवाइ पाँचौंपटक हो। सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले पनि प्रतिवादीका तर्फबाट अदालतमा बहस गरिसकेका छन्। एआईजी पोखरेलको तर्फबाट भने गत असार ५ गते बहस भएको थियो। कामु प्रधानन्यायाधीश कार्कीसहितको इजलासमा यो तेस्रो बहस हो।

यो मुद्दाको प्रारम्भिक सुनुवाइकै क्रममा रिटलाई अग्राधिकार दिँदै पेशी दुवै पक्षले सार्न नमिल्ने र लगातार सुनुवाइ गरी अन्तिम फैसला गर्नु भन्ने आदेश भए पनि मुद्दाको टुंगो लाग्न सकेको छैन। ‘हेर्दाहेर्दै’मा लाँदै मुद्दाको अन्तिम फैसलामा ढिलाइ भइरहेको छ। यसरी नै ढिलाइ भइरहे मुद्दाको फैसला नहुँदै साउन २० गते एआईजी पोखरेल अनिवार्य अवकाशमा जानेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!