०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
×

पशुपतिमा माग्ने फ्रान्सेलीबारे खुल्यो वास्तविकता भ्युजको लागि भ्रम फैलाउने बन्द गर्न प्रहरीको अनुरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २५, २०८२

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली नागरिक विगत करिब ६ वर्षदेखि नेपालमै बसोबास गर्दै आएका छन् र उनकी श्रीमती नेपाली नागरिक हुन्।सामाजिक सञ्जालमा फैलिएको जस्तो उनका मोबाइल, ट्राभल डकुमेन्ट र ल्यापटप लु’टिएको नभई, चाबहिलस्थित एक होटलमा बस्दा बिल तिर्न नसक्दा ती सामान कोठामै छोडिएको पाइएको प्रहरीले जनाएको छ। उनी “पैसा ल्याउँछु” भन्दै केही समयका लागि बाहिर निस्किएका थिए।
ती नागरिक विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित रहेको र फ्रान्स सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आएको जानकारी पनि प्रहरीले दिएको छ। तर उनकी आमाको अप्रत्याशित दु’र्घटनापछि उक्त भत्ता रोकिएको जनाइएको छ।पछिल्ला तीन महिनादेखि उनी चाबहिलस्थित होटलमा बस्दै आएका थिए। साथै, उनको भिसा अवधि गत फेब्रुअरी १० मा सकिएको कारणले उनलाई अध्यागमन विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।प्रहरीले सामाजिक सञ्जालमा फैलिने अपुष्ट तथा भ्रामक समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाउको दुख्नुको कारण के के हुन् काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि […]

काठमाडौं । *आमा कुकुरको अवस्था* आमा कुकुरले आफ्ना बच्चा गुमाउँदा मान्छेजस्तै शोक, डिप्रेसन र तनाव महसुस गर्छे। लास कुरेर बस्नु, खान-पिउन छोड्नु, रुने/भुक्ने गर्नु शोकका लक्षण हुन्। उसलाई अहिले सुरक्षा र साथ चाहिन्छ। *तपाईंले तत्काल के गर्न सक्नुहुन्छ:* 1. *लासको व्यवस्थापन*: बच्चाको लासलाई आमाले नदेख्ने ठाउँमा गाडिदिनुहोस्। लास अगाडि हुँदा आमाले ठाउँ छोड्दिन र अझ […]

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली […]