बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर क्षेत्रबाट भन्सार छली गरी ल्याइएको फलफूल, तरकारी लगायतका सामान बरामद गरिएको छ।
प्रहरीले तस्करी गरी भित्र्याइएको अन्दाजी १४ हजार ३९२ रुपैयाँ बराबरको उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँके पठाएको जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छलीका सामान ओसारपसार गर्ने प्रयास बढिरहेका बेला नेपालगन्जमा गरिएको यो बरामदगीलाई तस्करी नियन्त्रणतर्फको अर्को कारबाहीका रूपमा हेरिएको छ।
प्रहरीले अवैध रूपमा भित्र्याइने सामानमाथि निगरानी अझ कडा बनाइएको जनाएको छ।