१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

साहित्यकार सबिन प्रियासनद्वारा कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग पठन संस्कृतिको विकास, ज्ञान र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक १४, २०८३

साहित्यकार सबिन प्रियासनद्वारा कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग

पठन संस्कृतिको विकास, ज्ञान र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण

घोराही । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका साहित्यकार एवं पत्रकार सबिन प्रियासनले कारागारमा रहेका कैदीबन्दीहरूको पठन संस्कृतिको विकास तथा ज्ञान अभिवृद्धिका लागि पुस्तक सहयोग गर्नुभएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजकसमेत रहनुभएका प्रियासनले आफूले लेखेका तथा अन्य लेखकहरूका पुस्तक कारागारमा रहेका कैदीबन्दीहरूको अध्ययनका लागि उपलब्ध गराउनुभएको हो।

प्रियासनले प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेमार्फत पुस्तक हस्तान्तरण गर्नुभएको हो। पुस्तक हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थिति रहेको थियो।

पुस्तक हस्तान्तरण गर्दै साहित्यकार प्रियासनले मानिसको जीवनमा पुस्तकको महत्त्व निकै ठूलो रहेको बताउनुभयो। अध्ययनले मानिसको सोच, विचार र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने उल्लेख गर्दै उहाँले कारागारमा रहेका व्यक्तिहरूलाई पनि अध्ययन र सिर्जनात्मक गतिविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कारागार जीवनलाई केवल समय बिताउने अवधिका रूपमा नभई आफूलाई सुधार्ने, नयाँ कुरा सिक्ने र भविष्यप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्ने अवसरका रूपमा लिन सकिने उहाँको भनाइ थियो। पुस्तक अध्ययनले कैदीबन्दीहरूमा ज्ञान, चेतना, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले कारागारमा रहेका कैदीबन्दीहरूका लागि पुस्तक सहयोग गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले पुस्तक अध्ययनले कैदीबन्दीहरूको ज्ञान र चेतना अभिवृद्धि गर्नुका साथै उनीहरूमा सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। कारागारभित्र सुधारात्मक वातावरण निर्माण गर्न यस्ता रचनात्मक सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले साहित्यकार प्रियासनले आफ्नो सिर्जनात्मक कर्मसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पुस्तक सहयोग गर्नु अनुकरणीय कार्य भएको बताउनुभयो। उहाँले पठन संस्कृतिको विकास समाजका सबै वर्ग र समुदायमा आवश्यक रहेको उल्लेख गर्दै कारागारमा रहेका व्यक्तिहरूलाई पुस्तक पढ्ने अवसर प्रदान गर्नु मानवीय तथा सकारात्मक सोचको उदाहरण भएको धारणा राख्नुभयो।

साहित्य सिर्जना र पत्रकारितासँगै सामाजिक तथा रचनात्मक गतिविधिमा सक्रिय रहँदै आउनुभएका प्रियासनले यसअघि पनि विभिन्न विद्यालय, सामुदायिक पुस्तकालय तथा पठन संस्कृतिको विकासका लागि पुस्तक सहयोग गर्दै आउनुभएको छ।

कारागारभित्र अध्ययनको वातावरण निर्माण गर्न तथा कैदीबन्दीहरूमा सकारात्मक सोच र ज्ञानको विकास गर्न यस सहयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। पुस्तकले मानिसलाई ज्ञान मात्र दिँदैन, जीवनलाई नयाँ ढङ्गले बुझ्ने र सुधार्ने प्रेरणासमेत दिन्छ भन्ने सन्देश यस कार्यले दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]

  घोराही, १३ कात्तिक। नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशन यही २०८३ साल कार्तिक १४ र १५ गते दाङमा आयोजना हुने भएको छ। महाधिवेशनको तयारीका सन्दर्भमा शुक्रबार घोराहीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको छ। महाधिवेशनमा देशभरका ५५ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। विद्यालय कर्मचारीहरूको हकहित, अधिकार, पेसागत सुरक्षा, सेवा सुविधा […]

  मुग्लिन । भतेरी, घुमाउने, भोर्ले र जलबिरेमा आज एकैदिन धेरै गाडीहरु दुर्घटना / ब्रेकडाउनमा परेका छन्। यो खण्ड पहिलेदेखि नै पहिरो र साँघुरो मोडका कारण जोखिमयुक्त मानिन्छ, आज पानी परेको र सडक चिप्लो भएका कारण दुर्घटना बढेको हुनसक्छ। यात्रुहरुलाई अनुरोध: – अत्यावश्यक बाहेक आज यो रुटमा यात्रा नगर्नुहोस् – यात्रा गर्नैपरे ट्राफिक प्रहरीको अपडेट […]