०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्काललाई आफूसँगै राख्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्।

गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको देखिएको थियो। उनले जेनजी आन्दोलनपछि ५० लाखको शेयर खरिद गरेको देखिएको थियो।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट उनीमाथि दवाव परेको थियो। विपक्षी राजनीतिक दलले राजीनामाको माग गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

काठमाडौं । म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो । २०५४/१२/१६ असईबाट प्रहरी सेवामा प्रवेश गरेका उनी २०६१/२/१५ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका हुन् । प्रहरी सेवामा कार्यक्षेत्रको जिम्मेवारी सफलताका साथ बहन गर्नेमा जिसी […]

error: Content is protected !!