१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्काललाई आफूसँगै राख्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्।

गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको देखिएको थियो। उनले जेनजी आन्दोलनपछि ५० लाखको शेयर खरिद गरेको देखिएको थियो।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट उनीमाथि दवाव परेको थियो। विपक्षी राजनीतिक दलले राजीनामाको माग गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मुग्लिन । भतेरी, घुमाउने, भोर्ले र जलबिरेमा आज एकैदिन धेरै गाडीहरु दुर्घटना / ब्रेकडाउनमा परेका छन्। यो खण्ड पहिलेदेखि नै पहिरो र साँघुरो मोडका कारण जोखिमयुक्त मानिन्छ, आज पानी परेको र सडक चिप्लो भएका कारण दुर्घटना बढेको हुनसक्छ। यात्रुहरुलाई अनुरोध: – अत्यावश्यक बाहेक आज यो रुटमा यात्रा नगर्नुहोस् – यात्रा गर्नैपरे ट्राफिक प्रहरीको अपडेट […]

  , दाङ। किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजित ओपन वर्ल्ड हाप्किडो प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै नेपालको गौरव बढाउन सफल घोराही उपमहानगरपालिका–४ बसन्तापुर निवासी खेलाडी बन्दना बस्नेतलाई घोराही बनाऔँ अभियानले सम्मान गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पहिचान स्थापित गर्न सफल बन्दनालाई अभियानले विशेष कार्यक्रम आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो। सम्मान […]

साहित्यकार सबिन प्रियासनद्वारा कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग पठन संस्कृतिको विकास, ज्ञान र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण घोराही । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका साहित्यकार एवं पत्रकार सबिन प्रियासनले कारागारमा रहेका कैदीबन्दीहरूको पठन संस्कृतिको विकास तथा ज्ञान अभिवृद्धिका लागि पुस्तक सहयोग गर्नुभएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ […]