०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

ग्यासको मुल्य बढयो पेट्रोल डिजल मट्टितेलको मूल्य घट्यो

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

नेपालमा पेट्रोल डिजल मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटेेको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित भन्सार प्रहरी प्रशासनलाई सिधा प्रश्न छ । सीमाबाट दिनहुँ भन्सार छलीका सामान भित्रिने हो भने तपाईंहरूको निगरानी कहाँ छ । ? केही सामान्य नागरिकलाई बाटोमा रोकेर चेकजाँच गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो कि भन्सार छलीको जालो चलाउने मुख्य व्यक्तिहरूसम्म पुग्ने हो? सरकारले राजस्व […]

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा दुई साँढे गुरु भिड्दा केही बेर भागाभागको स्थिति सिर्जना भएको छ। सीमा क्षेत्रमा भिडिरहेका साँढेहरूलाई देखेर यात्रु तथा स्थानीय त्रसित भएका थिए। साँढेको भिडन्तका कारण केही बेर सवारी तथा पैदल यात्रुहरू रोकिनु परेको थियो। केही बेरपछि साँढेहरू आ-आफ्नो बाटो लागेपछि स्थिति सामान्य भएको थियो।

दाङ । नारायणपुर ईलाका प्रहरी कार्यालय नारायणपुरले हराएको मोबाइल (आईफोन) फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ। प्रहरीले गरेको खोजतलास तथा प्रविधिको सहयोगमा फेला परेको मोबाइल धनीलाई बुझाउँदा धनीले खुशी व्यक्त गर्दै प्रहरीलाई धन्यवाद दिएका छन्।

error: Content is protected !!