२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डिएसपीले दिए गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक महिनाको पारिश्रमिक

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

चितवन माघ २६ नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धितालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आफ्नो एक महिनाको पारिश्रमिक बराबर ४० हज़ार ३ सय ८० रूपियॉ धनधान्याञ्चल महायज्ञमा प्रदान गर्नु भएको छ ।
भरतपुर महानगरपालिकाको वडा नं. १५ रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले आकार लिँदै गइरहेको छ । क्रिकेट रंगशाला निर्माणको क्रम तीव्ररुपमा अगाडि बढिरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महायज्ञ आयोजना भई रहेको छ ।
निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा शुक्रबारमात्रै आठ करोड ६० लाख उठेको छ । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको समेत सहभागी भएको थियो ।
विभिन्न संघसंस्था, दाता र स्थानीय सरकारले सहयोगको घोषणा गर्ने क्रम जारी छ । धुर्र्मुस सुन्तली फाउण्डेशनको अगुआईमा निर्माण भईरह्को रंगशाला समग्र खेल जगतकै मुहार फेर्ने योजना भएकोले सम्पुर्ण नेपालीले आ-आफ्नो दक्ष अनुसार सहयोग गर्नु पर्नेप्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धितालले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!