२१ आषाढ २०८३, आइतबार
05-07-2026 , Sun
×

बाँकेको नेपालगन्जमा २० वर्षपछि राजा वीरेन्द्रकाे शालिक राखियो,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ २०, २०८३

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ ।

धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे ।

जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे छ ।

राजाकाे शालिक राख्ने भएपछि राजसंस्थाप्रति आस्था राख्ने दलका नेताहरु राती वीरेन्द्रचाेक पुगेका थिए ।

राप्रपाका नेता एवं राजाकाे शालिक राख्न निरन्तर दबाब दिइरहेका ऋषिराज देवकाेटाले २० वर्षपछि राजाकाे शालिक पुनस्थापना हुँदा धेरै खुसी लागेकाे बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले जेनजी विद्राेहकाे बेलामा ताेडफाेड गरिएका नेता तथा शहिदकाे शालिक पुनः राख्ने क्रममा राजाकाे पनि राखेकाे हाे ।

नेपालगन्जका चाेक-चाेकमा रहेका शालिकहरु सबैजसाे राखिएकाे छ । जेनजी विद्राेहमा वीपी, पुष्पलाल, गणेशमान, सहिद सेतु विककाे शालिक ताेडफाेड गरिएकाे थियाे । ती सबै पुनस्थापना गरिएकाे छ ।

दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरिएकाे राजाकाे त्रिभुवनकाे शालिक यसअघि नै राखिएकाे छ ।

आधा कदकाे उक्त शालिक त्यतिबेला कामचलाउका रुपमा राखिएकाले अब त्यहाँ पनि अर्काे शालिक राख्न राजावादीले दबाब दिएका छन् ।

लामाे समयदेखि रहेकाे र विभिन्न आन्दोलनका क्रममा ताेडफाेड भएका सबै ऐतिहासिक शालिक राखिएकाे मेयर प्रशान्त विष्टले बताए । देश सन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

error: Content is protected !!