मुग्लिङ । सबैमा नमस्कार अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन – कुरिनटार जोगिमारा सडक खण्डमा ठूलो पहिरो गएको हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाटो भासिएका कारण सडक खुलाउन केही समय लाग्ने भएकाले यस मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु महानुभावहरू,चालक दाजुभाइहरूले बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन इलाका प्रहरी कार्यालय मुग्लिङले सबैलाई हार्दिक अनुरोध गर्दछ।
बैकल्पिक बाटोहरु काठमाडौं जाने नारायणगढ – हेटौंडा कुलेखानी काठमाडौं पोखरा / बुटवल जानेः मुग्लिन नारायणगढ हेटौंडा हुँदै
अत्यावश्यक काम बाहेक यात्रा नगर्नुहोस्।
सडकको अवस्थाबारे बुझ्न *100* वा इलाका प्रहरी कार्यालय मुग्लिङमा सम्पर्क गर्न सकिनेछ।
इलाका प्रहरी कार्यालय, मुग्लिङ
चेतना भया दुर्घटना टर्या जय नेपाल