१५ भाद्र २०८३, सोमबार
31-08-2026 , Mon
×

नुवाकोटको बट्टारमा एक वृद्धमाथि दिउँसै लुटपाट,सुनको सिक्री लुटेर चोर फरार,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र १५, २०८३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-४ बट्टारमा आइतबार दिउँसै घरभित्र प्रवेश गरी लुटपाट भएको छ।

स्थानीय बाबुराम अधिकारीको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी अधिकारीले लगाएको सुनको सिक्री र उहाँकी पत्नीले लगाएको कानको टप थुतेर फरार भएका हुन्।

दिउँसोको समयमा घरमा पसेका लुटेराहरूले एक्कासि आक्रमण गरी गहना लुटेको पीडित परिवारले बताएका छन्।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी बट्टारको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

फरार व्यक्तिहरूको खोजी भइरहेको र सीसीटीभी फुटेज समेत हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नुवाकोट । अविरल वर्षापछि त्रिशुली र तादी नदीको बाढीले डुबानमा परेको ऐतिहासिक देविघाट क्षेत्रको प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले स्थलगत अवलोकन गर्नुभएको छ। बाढीले देविघाट बजार क्षेत्रका दर्जनौँ घर, पसल र मन्दिर परिसर जलमग्न भएका छन्। निरन्तरको वर्षाले त्रिशुली नदीको जलसतह बढ्दा तल्लो बजार क्षेत्र डुबानमा परेको हो। अवलोकनका क्रममा आइजीपी पौडेलले: स्थानीय बासिन्दा […]

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-४ बट्टारमा आइतबार दिउँसै घरभित्र प्रवेश गरी लुटपाट भएको छ। स्थानीय बाबुराम अधिकारीको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी अधिकारीले लगाएको सुनको सिक्री र उहाँकी पत्नीले लगाएको कानको टप थुतेर फरार भएका हुन्। दिउँसोको समयमा घरमा पसेका लुटेराहरूले एक्कासि आक्रमण गरी गहना लुटेको पीडित परिवारले बताएका छन्। घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी […]

मुग्लिङ । सबैमा नमस्कार अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन – कुरिनटार जोगिमारा सडक खण्डमा ठूलो पहिरो गएको हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाटो भासिएका कारण सडक खुलाउन केही समय लाग्ने भएकाले यस मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु महानुभावहरू,चालक दाजुभाइहरूले बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन इलाका प्रहरी कार्यालय मुग्लिङले सबैलाई हार्दिक अनुरोध […]