२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

नेपालगन्ज- बर्दियाको राजापुरमा  फाल्गुन  १० गते नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको छ। आइतबार नेपालगन्जमा आयोजक टिमले पत्रकार सम्मेलन गरि सो शिविरको बारेमा औपचारिक जानकारी दिएको हो।
विगत लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले गर्न लागेको उक्त स्वास्थ्य शिविर यहीँ फागुन १० गते हुनेछ।
करिब १० वर्षदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया,तुलसी निर्माण सेवा बर्दिया,राजापुर राइस मिल राजापुर र अर्चना ट्रेड एण्ड सप्लायर्स नेपालगन्जको आयोजनामा उक्त शिविर हुन लागेको एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताए।
राजापुर वासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरु द्वारा स्वास्थ्य जाँच गराउने उद्देश्य आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा हुनेछ। उक्त शिविर मा डा.पारस श्रेष्ठ (फिजिसियन) डा. नवीन बुढाथोकी (स्त्रीरोग बिशेषज्ञ) डा. हरी पौडेल (न्युरो सर्जन) को टिम आउने छ। यो शिविर पुर्ण रुपमा निःशुुल्क हुनेछ । चेकजाच र अौषधी निःशुुल्क हुने शाह ले जानकारी गराउनु भयो ।
श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले
उक्त स्कुलका पुर्व शिक्षक तथा सहपाठी समर्पित गर्दै निशुल्क स्वास्थ्य शिविर गरिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!