०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मिडिया काउन्सिल विधेकको विशेषमा सभामुखलाई पत्रकार महासंघको ध्यानाकर्षण

Logo
प्रकाशित सोमबार, फाल्गुण १२, २०७६

काठमाडौं फागुन १२ नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ।
सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो ।
कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशमा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताउनुभयो ।
महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरुको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरुमा आफ्नो गम्भिर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियार्लाइ स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफुले गर्ने बताउनुभएको छ ।
परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उहाँले बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरुमा स्वतन्त्रता सम्बन्धि बन्देज लगाउने प्रावधानहरु रहेकोले ती प्रावधानहरुलाई सच्याउन ध्यानाकर्षण गराएको हो ।
महासंघले सभामुखको सफल कार्यकालको बर्धाइ तथा शुभकामना दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]