२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६


काठमाडौं चीनबाट सुरु भइ विश्वभर फैलँदै गएको नाेबेल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ । चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो । चीनपछि सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटालीमा पुगेको छ । कोरोनाकै संक्रमणबाट इटालीमा अहिलेसम्म एक सय ४८ जनाले ज्यान गुमाएका छन् । इटालीमा कोरोना संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । त्यस्तै इरानमा १ सय ७ जनाले ज्यान गुएमा छन् । इरानमा अहिले सम्म ३ हजार ५ सय १३ मा संक्रमण फैलिएको छ । त्यस्तै दक्षिण कोरियामा पनि कोरोना संक्रमण फैलनेक्रम बढेको छ । अहिलेसम्म ४२ जनाले ज्यान गुमाएका छन् भने ६ हजार २ सय ८४ जना संक्रमित छन् ।त्यस्तै जापानमा १२, अमेरिकामा १२, फ्रान्समा ७, स्पेनमा ३ हङकङमा २ र इराकमा पनि २ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स, स्वीटजरल्यान र बेलायतमा एकएक जनाले ज्यान गुमाएका छन् । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!