१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दिनदहादै लुटेराहरु प्रहरीको फन्दामा ड्युटीमा तैनाथ महिला असईमाथी हातपात

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

(एबिसी क्राईम ब्युरो) बाँके फागुन २६ पूर्वपश्चिम महेन्द्र राजमार्गमा दिनदहाडै लुटपाटमा सम्लग्न दुई जनालाई प्रहरीले अाफ्नाे नियन्त्रणमा लिएको छ । आइतबार अपरान्ह पश्चिमबाट पूर्वतर्फ गइरहेको गोरू लाेड गरिएको ट्रकलाई कथित स्थानीयबासिन्दाको नाउँबाट केही अराजक जत्थाले ट्रक चालकलाई डर धम्की देखाएर जङ्गलतर्फ लगेर जोर जबर्जस्ती गर्नथाले ।ट्रक चालकलाई नियन्त्रणमा लिएर कुटपिट गर्ने, कागजपत्र जफत गर्दै, गोरूहरु जङ्गलमा छाेडिदिए । तत्पश्चात ट्रक चालक टेकबहादुर कार्कीले आफूमाथि दस जनाको समूहले गरेको सो घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएका छन । त्यस्तो निर्जन जङ्गलमा लगेर आफूमाथि ज्यानमार्ने धम्की दिने त्यस्ता अराजक तत्वहरुमाथी हदैसम्मको कानूनी कारवाहीको माग गर्दै चालकले आफ्नो ब्यथा पोखेका छन ।अपर ढकेरी प्रहरी पाेष्ट ढकेरीमा ड्युटीमा तैनाथ चौकी इन्चार्ज प्रहरी अंशई भूमिसरा धामीले घटनास्थल पुगेर ट्रक कब्जामा लिनेहरुलाई सोधपुछ गर्दा उल्टो तिनै महिला प्रहरी अंशईलाई हातपात मात्रै गरेनन् , उनको सम्बेदनशिल अङ्गहरुमा लछारपछार गरेतापनि तिमध्येका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको छ । साथै ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दले स्थानीय युवाहरुले गोरु लाेड गरिएको कागजपत्र सहितको ट्रक कब्जामा लिई जङ्गलमा लुकाएको अबस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । सोही क्रममा कानून हातमा लिन खोज्ने कोही कसैलाई पनि अधिकार नभएको कोहलपुर डिएसपी चन्दले यस्ता अराजक गतिविधि गर्नेहरूमाथि सार्वजनिक मुद्दा समेत चलाउन सकिने कानूनी प्रावधान रहेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]