०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

कोहलपुरमा तनावग्रस्त टिप्परले ठक्कर दिदा एक महिलाको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

बाँके कोहलपुर नगरपालिका ९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो ।
उनी तरकारी व्यवसायी रहेको खुलेको छ । उनको साथमा एउटा मोबाईल र ३ हजार ५ रुपैयाँ नगर रहेको पाइएको छ । अहिले उक्त घटनाको विरोधमा चक्का जाम गरिएको छ । विरोधस्वरुप सडकमा टायर बालिएको छ ।कोहलपुर–नेपालगञ्ज सडक खण्डमा चल्ने सवारी साधन ठप्प भएका छन् । ठक्कर दिने चालक र टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

error: Content is protected !!