०७ आषाढ २०८२, आइतबार
22-06-2025 , Sun
×

सांसद बिडारीको कडा प्रश्न:

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

मन्त्रीले सौचालय उद्घाटन गर्न भ्याउले सांसदमा जवाफ दिन नभ्याउने सत्तारुढ नेकपाकै सांसदहरुको मन्त्रिहरुको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । राष्ट्रियसभाको बिहिबारको बैठकमा सत्तारुढ नेकपाकै सांसदहरुले मन्त्रीहरुको कार्यशैली गलत भएको भन्दै प्रश्न उठाएका हुन् ।
राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दलकै सांसद रामनारायण विडारीले मन्त्रीहरु ट्वाइलेट देखि मन्त्री उद्घाटन गर्न भ्याउने तर संसदमा जवाफ दिन आउन नभ्याउने भन्दै आलोचना गरे । उनले मन्त्रीहरुको काम गर्ने कुरालाई संसदले निक्र्र्यौल गर्नुपर्ने बताए ।
‘बिहान सबेरै देखि बेलुका अबेरसम्म ट्वाईलेटदेखि मन्दिरसम्म उद्घाटन गर्दै हिंड्ने हो ? यसको निक्र्यौल संसदले गर्नुपर्यो ! यसको निक्र्र्यौल भएपछि मात्रै व्यवस्था राम्रो हुन्छ ।’ बिडारीले भने ।
उनले मन्त्रीले व्यवहारले जनप्रतिनिधिलाई हेपेको जस्तो देखिएको टिप्पणीले गुरे । ‘जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ । उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ?’ उनले प्रश्न गरे ।
सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि सांसद विडारीले मन्त्रीहरुलाई आग्रह गरे ।
विडारीले के भने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!