२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

काठमाडौंका सडकको अवस्था बुझ्न पैदल यात्रामा मन्त्री मानन्धर

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

फागुन ३०, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्। सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तिब्रता दिएसँगै पछिल्लो अवस्थाबारे मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन् ।
शुक्रबार बिहान मन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्खुट्टेसम्म कालोपत्रे गरिएको सडकको अनुगमन गरेका हुन् । यस्तै बालाजु नयाँबजारस्थित विष्णुमति करिडोरको लिंक रोडमा गर्नलागिएको कालोपत्रेको बारेमा पनि मन्त्री मानन्धरले अवलोकन गरे । सडक कालोपत्रे र रेखांकनको अवस्थाबारे अनुगमन गर्न पुगेका मन्त्री मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारी समेत दिएका छन्।
मन्त्री मानन्धरले काठमाडौै उपत्यकामा कालोपत्रे गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरिक्षण गरिने बताए । ठेकेदारले कालोपत्रे गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परिक्षण गरिने बताउँदै मन्त्री मानन्धरले कमसल सामग्री प्रयोग गरेको पाईए कारबाही गरिने चेतावनी समेत दिए । सहरको सुन्दरतालाई कायम राख्न र धुवाँ धुलोमुक्त राजधानी बनाउनका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले पछिल्लो समयमा कालोपत्रेको कामलाई तिब्रता दिइएको बताए । भौतिक मन्त्रालय र सहरी विकास मन्त्रालयको सम्वन्वयमा उपत्यकाका सडकलाई व्यवस्थित पार्न लागिएको बताउँदै मन्त्री मानन्धरले आफ्नो क्षेत्रमा भएको विकास निर्माणबारे चासो देखाउन सर्वसाधारणलाई आग्रह समेत गरे । केही समयभित्र उपत्यकाका भित्री र बाहिरी सडकको स्वरुप परिवर्तन हुने बताउँदै मन्त्री मानन्धरले समस्या भएको स्थानका बारेमा सरकारलाई तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
पार्किङको दिगो व्यवस्थापन प्रयास
मन्त्रि मानन्धरले काठमाडौं उपत्यकामा बढ्दो सहरी चापका कारण जाम बढेको बताउँदै दिगो पार्कीङ व्यवस्थापन पनि थालिएको बताए । उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिने बताउँदै ट्राफिक प्रहरी महाशाखासँग सम्वन्वय भइरहेको जानकारी दिए । बागमति विष्णुमती धोविखोला लगायतका करिडोर सडकका खाली स्थानमा पार्किङको व्यवस्थापन गर्न लागिएको बताउँदै भित्री सहरका खाली स्थान पहिचान गरेर पार्किङ क्षेत्र तोकिने मन्त्री मानन्धरको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

error: Content is protected !!