३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

ट्रक चालकको लापरवाहीले गर्दा एकैपटक अटो मोटरसाइकल स्कुटी दुर्घटना

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

(एबिसी क्राईम ब्युरो)
बाँके ‌मध्यपश्चिम क्षेत्रकै ठूलो शहरको रूपमा चिनिने नेपालगन्जको गणेशमान चोकमा करिब साढे चार बजे दक्षिणतर्फ गइरहेको भे ४ प ७४१२ नम्बरको मोटरसाइकल लाई रूपैडिया तिरबाट आइरहेको ना ७ ख १३९३ नम्बरको ट्रकले ठक्कर दिँदा एकै पटक मा ६ वटा सवारी साधन माथी क्षति भएको हो। पहिचान नखुलेका मोटसाइकल चालक १ जना र ई रिक्सा चालक १ जना गम्भीर घाइते भएका छन्। घाइते दुवै जना लाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज मा लागिएको बताइएको छ। सडक किनारमा रहेको भे १ ह ३०७३ नम्बर को ई. रिक्सा धोस्त भएको छ भने चालक गम्भीर घाइते भएका छन।त्यस्तैगरी भे १ स ३४५६ नम्बरको इ .रिक्सा , भे २ प ९१९३ होण्डा साइन मोटर साइकल, भे १ स १२११ नम्बर ई. रिक्सा र भे ६ प ४१०९ नम्बर को रातो रंगको स्कुटर लगायतका सवारी साधन पूर्ण रूपमा क्षति भएको छ।केही समय यता लगातार जस्तै दुर्घटना दोहोरि रहेको छ। सुर्खेत रोड सडक खण्डमा लगातार दुर्घटना हुनुले सडक यात्री असुरक्षित बन्दै गएका छन्। सडक दुर्घटना को मुख्य कारण , बढ्दो सवारी चाप र ठुला गाडी का चालकको लापरवाही मानिएको छ। ठूलो गाडीको सडकमा तिब्र गतिको आतंकका कारण दुर्घटना हुने गरेको स्थानीय बासीले बताए। मोटरसाइकल लगायत सबै सवारी साधन माथी ठक्कर दिने ट्रक जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ। ट्रक चालक भने फरार भएका छन। अन्य थप जानकारी आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!