०८ जेठ २०८२, बुधबार
21-05-2025 , Wed
×

गृह मन्त्रालयले डिआइजीको दरबन्दी घटाउने तयारी…

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

गृहमन्त्रालयले नेपाल प्रहरीमा हाल कायम रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी घटाउने तयारी गरेको छ ।
दरबन्दी समायोजनका लागि गृह मन्त्रालयले सात सदस्यीय संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिसमेत गठन गरिसकेको छ । गृहसचिवकाे नेतृत्वमा सात सदस्यीय समिति गठन भएकाे छ । समितिले प्रहरीमा रहेका डिआइजी दरबन्दी कति घटाउने भन्नेबारे विस्तृत अध्ययन गरिरहेको छ ।
मन्त्रालय स्रोतका अनुसार ओएनएम कमिटीले डिआइजीको दरबन्दी ३४ बाट घटाएर २४ देखि २६ को बीचमा कायम गर्ने प्रस्ताव तयार पारेकाे छ । गृह मन्त्रालयका उच्च अधिकारी डिआइजीकाे रिक्त २२ दरबन्दीलाई घटाएर १२ मा झार्ने पक्षमा छन् । तर, प्रहरी प्रधान कार्यालयले भने घटाएर कम्तीमा १४ दरबन्दी कायम हुनुपर्ने अडान राखेको छ ।
प्राविधिकतर्फका डिआइजी असन्तुष्ट
डिआइजी दरबन्दी घट्ने भएपछि प्रहरी प्रधान कार्यालय प्राविधिकतर्फकाे दरबन्दी घटाउने रणनीतिमा जुटेको छ । प्रहरी मुख्यालयको यस्तो रणनीतिबाट प्राविधिकतर्फका डिआइजी असन्तुष्ट बनेका छन् । प्रहरीमा आठजना प्राविधिकतर्फका डिआइजी छन् ।
अहिले नेपाल प्रहरी अस्पतालमा पाँच, मुख्यालयअन्तर्गत सूचना तथा सञ्चार निर्देशनालयमा एक, सूचना प्रविधि (आइटी)मा एक र आवास तथा भौतिक योजना शाखामा एक गरी आठ डिआइजी दरबन्दी कायम छ ।
कसरी पुग्यो ६ बाट ४१ डिआइजी दरबन्दी
प्रहरीमा ०४६ यताका हरेक सरकारले आफूनिकटका व्यक्तिलाई बढुवा गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण ‘ओएनएम’ बिना नै मनलाग्दी दरबन्दी बढाउँदै आएका छन् । जसकारण यतिवेला बढुवाको मुखमा रहेका करिब तीन दर्जन डिआइजीको करिअर प्लानिङ प्रभावित बनेको छ ।
०४५ सालमा प्रहरीको संख्या २६ हजार पाँच सय ९० हुँदा ६ जना डिआइजी थिए । पाँच वर्षपछि प्रहरी संख्या ३३ हजार एक सय पुग्दा डिआइजी दरबन्दी आठ पुग्यो । त्यसको एक वर्षपछि ०५१ मा प्रहरीको संख्या बढेर ३६ हजार ६ सय ७२ कायम हुँदा डिआइजी दरबन्दी पनि नौ पुग्यो । त्यसपछि क्रमशः ०५४ मा १२ र ०५९ मा १५ पुर्याइयो ।
०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ र ०६५ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले डिआइजीको दरबन्दी २३ पुर्यायो । २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारले ३०, त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारले ३४ र देउवाले पुनः ०७४ सालमा डिआइजी दरबन्दी ३८ पुर्याए ।
०७५ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा डिआइजीको संख्या ओएनएमबिनै बढाएर ४१ पुर्याइयो । तर गत वर्ष सरकारले एआइजी दरबन्दी समायोजनका क्रममा डिआइजीको संख्या पनि घटाएर ३४ मा झारेको थियो ।
देश संघीयतामा गएसँगै प्रहरीमा हाल कायम रहेको ७९ हजार पाँच सय २३ दरबन्दीमध्ये करिब ५० हजार प्रदेश प्रहरीमा समायोजन हुनेछन् । जसमध्ये सातजना डिआइजीले प्रदेश प्रहरीको नेतृत्व गर्छन् भने बाँकी २७ जना प्रहरी संघीय प्रहरीअन्तर्गत नै रहन्छन् ।
गृह मन्त्रालयले केन्द्रमातहत रहने प्रहरीको संख्या घट्ने भएकाले २७ डिआइजी आवश्यक नरहने भन्दै बढीमा १७ जना रहने गरी ओएनएम तयार पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!