०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

सोमबार १० गतेदेखि सबै सीमा नाकाहरु बन्द

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

नेपाल सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभयो। उहाँका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ। भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो। ‘बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्को देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको हो’, बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले भन्नुभयो। यसो गर्दा छिमेकी मुलुकहरूको हितलाई पनि ध्यान दिइएको उहाँले बताउनुभयो। नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!