०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

दाङमा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई पास बिना हिन्ने सवारी नियन्त्रणमा लिनेे

Logo
प्रकाशित सोमबार, बैशाख २२, २०७७

सागर थापा
दाङ बैशाख २२ जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार देखि तीब्र कडाइ १. पूर्व पश्चिम राजमार्गको जिल्ला प्रवेश विन्दु धानखोला र शिवखोलामा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई गर्ने ।
२. अत्यावश्यक सेवाका सवारी साधन समेतले इजाजत वेगर मानिस ओसार पसार गर्न सक्ने सम्भावना भएकाले सबै सवारी साधनहरुको अनिवार्य रुपमा परिक्षण गरेर मात्र आवत जावत गर्न दिने ।
३. कुनै पनि सवारी साधनले इजाजत नलिइ मानिस ओसार पसार गरेको पाईएमा तत्काल सवारी साधनलाई समेत नियन्त्रणमा लिने ।
४. जिल्लामा सञ्चालित विभिन्न कारखानाहरु र इट्टा उद्योगमा काम गर्ने भारतीय नागरिकहरुको उद्योग भित्र नै व्यवस्थापन गर्न र बाहिर निस्कन नदिनका लागि पहल गर्न सम्बन्धित उद्योगहरुलाई पत्राचार गर्ने ।
५. जिल्लामा रहेका सम्भाव्य जोखिम हुन सक्ने व्यक्तिहरुको पी सि आर लगायतको परिक्षणको व्यवस्था स्वास्थ्य कार्यालय दाङले मिलाउने र यसको सहजिकरण जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला स्थित सुरक्षा निकायहरु र सबै स्थानीय पालिकाहरुले गर्ने ।
६. जिल्लामा रहेका सिमेन्ट कारखाना र इट्टा उद्देश्यमा कार्यरत मजदुर तथा कर्मचारीहरुको अवस्था बुझ्न उद्योग निरिक्षणका लागि जिल्ला स्थित सुरक्षा निकायहरुको प्रतिनिधित्व रहने गरी टोली बनाई परिचालन गर्ने ।
७. पूर्व पश्चिम राजमार्गको कालाकाटे र अमेलिया तथा बबई गाउँपालिका को हंशपुरमा सुरक्षाकर्मी सहितको हेल्थ डेस्क सम्बन्धित स्थानिय तह, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रही बल नेपाल २९ नं. गण को समन्वयमा स्थापना गरी तत्काल संचालनमा ल्याउने ।
८. खाद्यान्न, तरकारी, ग्यास, औषधी लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्ने र विरामी बोकेका एम्बुलेन्स बाहेक अन्य सवारी साधनलाई रात्रीको समयमा संचालनमा रोक लगाउने ।
९. दाङ जिल्लाबाट अन्य जिल्लामा विभिन्न अत्यावश्यक कामका लागी जान चाहने व्यक्तिहरुले जानु पर्नाको कारण सहित सवारी पास माग गरेमा जानु पर्ने जिल्लाको सहमती बिना पास उपलब्ध नगराउने ।
जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!