३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

दाङमा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई पास बिना हिन्ने सवारी नियन्त्रणमा लिनेे

Logo
प्रकाशित सोमबार, बैशाख २२, २०७७

सागर थापा
दाङ बैशाख २२ जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार देखि तीब्र कडाइ १. पूर्व पश्चिम राजमार्गको जिल्ला प्रवेश विन्दु धानखोला र शिवखोलामा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई गर्ने ।
२. अत्यावश्यक सेवाका सवारी साधन समेतले इजाजत वेगर मानिस ओसार पसार गर्न सक्ने सम्भावना भएकाले सबै सवारी साधनहरुको अनिवार्य रुपमा परिक्षण गरेर मात्र आवत जावत गर्न दिने ।
३. कुनै पनि सवारी साधनले इजाजत नलिइ मानिस ओसार पसार गरेको पाईएमा तत्काल सवारी साधनलाई समेत नियन्त्रणमा लिने ।
४. जिल्लामा सञ्चालित विभिन्न कारखानाहरु र इट्टा उद्योगमा काम गर्ने भारतीय नागरिकहरुको उद्योग भित्र नै व्यवस्थापन गर्न र बाहिर निस्कन नदिनका लागि पहल गर्न सम्बन्धित उद्योगहरुलाई पत्राचार गर्ने ।
५. जिल्लामा रहेका सम्भाव्य जोखिम हुन सक्ने व्यक्तिहरुको पी सि आर लगायतको परिक्षणको व्यवस्था स्वास्थ्य कार्यालय दाङले मिलाउने र यसको सहजिकरण जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला स्थित सुरक्षा निकायहरु र सबै स्थानीय पालिकाहरुले गर्ने ।
६. जिल्लामा रहेका सिमेन्ट कारखाना र इट्टा उद्देश्यमा कार्यरत मजदुर तथा कर्मचारीहरुको अवस्था बुझ्न उद्योग निरिक्षणका लागि जिल्ला स्थित सुरक्षा निकायहरुको प्रतिनिधित्व रहने गरी टोली बनाई परिचालन गर्ने ।
७. पूर्व पश्चिम राजमार्गको कालाकाटे र अमेलिया तथा बबई गाउँपालिका को हंशपुरमा सुरक्षाकर्मी सहितको हेल्थ डेस्क सम्बन्धित स्थानिय तह, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रही बल नेपाल २९ नं. गण को समन्वयमा स्थापना गरी तत्काल संचालनमा ल्याउने ।
८. खाद्यान्न, तरकारी, ग्यास, औषधी लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्ने र विरामी बोकेका एम्बुलेन्स बाहेक अन्य सवारी साधनलाई रात्रीको समयमा संचालनमा रोक लगाउने ।
९. दाङ जिल्लाबाट अन्य जिल्लामा विभिन्न अत्यावश्यक कामका लागी जान चाहने व्यक्तिहरुले जानु पर्नाको कारण सहित सवारी पास माग गरेमा जानु पर्ने जिल्लाको सहमती बिना पास उपलब्ध नगराउने ।
जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!