२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सामान्य प्रशासन मन्त्रालयले ५ जना सहसचिवहरुको सरुवा

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

एबिसी संचार
काठमाडौँ सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र आयोगमा कार्यरत ५ जना सहसचिवको सरुवा गरेको छ ।
सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव चक्र बहादुर बुढालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेमन्त दाहाललाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।
यसैगरि शिक्षा मन्त्रालयका सहसचिव भक्त बहादुर ढकाललाई युवा तथा खेलकुद मन्त्रालयमा, प्रदेश नं १ का सामाजिक विकास मन्त्रलायका रविलाल पन्तलाई प्रदेश नं ५को आन्तरिक मामिला मन्त्रालयमा र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका गोविन्द बहादुर कार्कीलाई १ नंम्वर प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]