२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

समाचारको प्रभाव। अनिश्चित बनेको १३ बर्षीया बालिका बलात्कार शिकार पीडितको न्याय अब हुनेभयो सुनिश्चित

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

सागर थापा /बिदुर एमसी समाचार प्रभावकै कारण दाङको गढवामा सामुहिक बलात्कारको शिकार भएर अचेत बनेकी १३ वर्षीया बालिकाले अब कानूनी रुपले नै न्याय पाउने बाटो खुलेको छ । गत ज्येष्ठ २९ गते लमहीबाट तीनजना पुरुषहरुले लगेर अपहरण शैलीमा ललाईफकाई राप्ती नदि पारिको गढवामा लगेर ती बालिकालाई सामुहिक रुपमा बलात्कार गरेपछि जेठ ३० गते बिहान मात्रै उनका परिवारले अचेत अवस्थामा भेटाएका थिए । यश घटनाको बारेमा अन्य केही सञ्चार माध्यमहरुले थाहा पाएता पनि न आम नागरिकले यश कुराको सुइँको पाएका थिए नत गढवा प्रहरीले जाहेरी लिन नै मानेको थियो । बरु ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक इन्स्पेक्टर भरतसिह राठौरले डाक्टरकाे रिपोर्ट नअाउदासम्म जाहेरी लिन नमिल्ने भनेर पीडित परिवार र अाफन्तलाई फर्काइदिएका थिए । तत्पश्चात खबर 24 नेपाल र एबिसी सञ्चारकर्मिहरुकाे ब्युरो टिमलाई पीडित पक्षहरूले खवर गरेर यश घटनाको जानकारी लिन सूचना गरे । सूचना पाए लगत्तै हाम्रो टिम पीडितहरुको बासस्थान रहेको देउखुरीको लमही नगर पालिका ६, देउपुरतिर लाग्यो । पीडित बालिकालाई हेर्दा कहिलेकाहीँ चिच्याउने रुने त कहिलेकाहीँ हासेको जस्तो गर्थिन । बोल्न नसकेर खाली हातले इसारा गर्थिन । स्थलगत रूपमा नै भेटेर उनका घर परिवार र अाफन्त, छरछिमेकमा बुझ्ने। रिपोर्टिङ गर्ने काम भयो सबैले ती बालिका पहिले राम्रोसँग बाेल्ने अवस्थामा भएको तर घटनापछि त्यस अवस्थामा पुगेको कुरा बताए । स्थानीय जनप्रतिनिधि सहित उपस्थित सबैले बालिकालाई न्याय र बलात्कारीहरुलाई कानूनी रूपमा कडा सजायकाे माग गरे । साथै उनीहरूले गढवा प्रहरीको रवैयाप्रती निकै दुखेसो पोखे, डाक्टरकाे रिपोर्ट नअाएसम्म जाहेरी लिन मानिरहेको थिएन । तर वडा प्रहरी लमहीले गरेको सहयोग र स्थानीय लमही नगरपालिका वडा ६ का वडाध्यक्ष गणेश मान चौधरी र कार्यपालिका सदस्य अनिता चौधरी लगाएत अरु जनप्रतिनिधिहरुले गरेको सहयोगलाई पनि उनीहरूले खुलेर प्रशंसा गरे । यसरी स्थलगत रुपमा गएर रिपोर्टिङ गरेपछि हामीले गढवा प्रहरीलाई फाेन मार्फत पीडितहरुले दिएको जाहेरी नलिनुको कारणबारे प्रश्न गर्यौं । असार ६ गतेमात्रै हामीले थाहा पाएर तत्काल त्यहाँ गएका थियौ । तेतीबेला सम्म त न गढवा प्रहरीले जाहेरी लिएको थियो, न डाक्टर रिपोर्ट आएको थियो । यसप्रति उनीहरू निकै सशङ्कित बनेका थिए, न्याय पाउने कुरामा आशा मारिसकेका थिए । जब हामीले गढवा प्रहरी निरीक्षक राठौरलाई फोन गर्यौं अनि उनको प्रतिक्रिया सहित (खबर 24 नेपाल) (एबिसी संचार)(अनलाईन न्युज) (न्युज नेपाल) लगाएतको सञ्चार माध्यमहरु जाे सिधै राजधानी काठमाडौंबाट प्रशारण हुदै आइरहेका छन् , तीबाट समाचारहरु प्रशारण गर्यौं । त्यसको लगत्तै उत्तिखेर नै गढवा प्रहरी चौकी इन्चार्ज भरतसिह राठौरले पीडित पक्षलाई जाहेरी लिएर आउन बोलाए फोनबाट । त्यसको अर्को दिन डाक्टरी रिपोर्ट पनि अायाे, रिपोर्टमा बालिकामाथि बलात्कार भएको पुष्टि गरिएको थियो । बलात्कारीहरु तीनजनालाई मुद्दा चलाउने कुरा भयो । पीडित पक्षहरु अब न्याय पाउने कुरामा ढुक्क भएका छन् । अनि मात्रै अरु सञ्चार माध्यमरहरुले यश घटनालाई पछ्याउन थालेका छन् । जेहोस, हाम्रो समाचार प्रभावबाट अब बलात्कारीहरु कानूनी कठघरामा उभिने र पीडित पक्षले कानूनी रुपबाट नै न्याय पाउने भएका छन । अहिले बालिकाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको लमही नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेशमान चौधरीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]