०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

२ लाख ५० हजारसहित बाँकेको कोहलपुरबाट जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

महेन्द्र सिंह बाँके असार ३० कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकको टोल बहादुर हमालको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेहरुमा घर मालिक टोल बहादुर हमाल, बडैयाताल गाँउपालिका वडा नं. २ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका ११ बस्ने भिम बहादुर शाही, बैजनाथ गाउँपालिका वडा नं. १ बस्ने टंक बहादुर रोकाय र राप्तिसोनारी गाउँपालिका वडा नं. १ बस्ने चक्र प्रकाश रिजाल रहेका छन । उनीहरुलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा राखिएको छ ।
उनिहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको बाँके प्रहरी प्रमुख एसपी रानाले बताए । जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले उनिहरुलाई  पक्राउ गरेको  थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!