०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

प्रदेश ५ का डिआइजि धानुकले बढाए दाङका अबैध क्रशरलाई कार्वाही गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

एबिसी संचार दाङ प्रदेश ५ का डिआइजि रबिन्द्र धानुकले दाङका अबैध क्रशरमाथी कारबाहि गर्न जिल्ला प्रहरि कार्यालय दाङलाई कडा निर्देशन दिएका छन । अबैध क्रसरको बारेमा बिभिन्न सञ्चार माध्यममा निरन्तर समाचार आइरहेपछि कडा चासो दिदै तत्काल गैरकानुनि कार्य नियन्त्रण गर्न दाङका प्रहरि प्रमुख गणेश चन्दलाई कडा लिखितरुपमै निर्देशन दिएका छन । अबैध क्रशर बारे डिआइजि तहबाटै चासो ब्यक्त गरेको पहिलो घटना हो । डिआइजि धानुकले आफै प्रदेश प्रहरि कार्यालयको तर्फबाट लिखितरुपमै अबैध क्रसर बारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन । सञ्चारमाध्यममा समाचार आएपछि प्रदेश प्रहरिले चासो दिदै यस बारे यथार्थ अनुसन्धान गरि प्रतीबेदन बुझाउन पनि प्रदेश प्रहरि कार्यालयले निर्देशन दिएको छ । प्रदेस प्रहरि कार्यालयको निर्देशनपछि एसपि चन्दले जिल्ला प्रहरि कार्यालय दाङका डिएसपि सुमित खड्काको नेतृत्वमा अबैध क्रशरमाथि अनुसन्धान गर्न समिती बनाएका छन । डिएसपि खड्काले अबैध क्रसर बारे अनुसन्धान गर्न प्रदेश ५ को प्रदेश प्रहरि कार्यालयबाट लिखितरुपमा पत्र आएको र अहिले सो बारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए । प्रहरि अनुसन्धानले गलत देखिने र कानुन बिपरित काम भएको अबस्थामा कानुन बमोजिम कारबाही हुने खड्काले बताए । उनले क्रसर बारे जिल्ला समन्वय समिती र घरेलुलाई धेरै कुरा थाहा हुने भएकाले जिप्रका दाङद्वारा जिल्ला समन्वय समिती दाङ र घरेलुलाई अबैध क्रशर बारे बुझ्न पत्र काटिसकेको र त्यहाबाट बुझ्ने काम भइरहेको बताए । स्थानीय तह र समन्वय समितिले प्रहरिको सहयोग चाहेमा सहयोग गर्न तयार रहेको भन्दै खड्काले अबैध क्रशरमा प्रहरिको भुमिका खासै नहुने समेत बताए । जिल्ला प्रहरि प्रमुख गणेश चन्दले अबैध क्रसरलाई आफुले संरक्षण नगरेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले अबैध क्रसर बारे निर्णय गरे आफै गएर ताला ठाेक्ने पनि बताए । जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रिधर पौडेलले दाङका कतिपय अबैध क्रसरहरु रहेको र पछिल्लो पटक नदिजन्य उत्खनन् पदार्थको बारेमा नया एेन नियम आएको भन्दै प्रदेशको एेन अनुसार दाङमा अबैध क्रसरहरु थुप्रै रहेको बताए । उनले जिप्रका दाङबाट अबैध क्रसर बारे बुझ्न पत्र आएको भन्दै अबैध क्रसरलाई कारबाही गर्न जिल्ला समन्वय समिती तयार रहेको बताए । दाङमा ३५ वटा अबैध क्रसरहरु रहेका छन । घरेलुबाट बालुवा प्रसोधनको अनुमती लिएर क्रसिङ काम गर्ने दाङमा थुप्रै अबैध क्रसर छन । अबैध क्रसर लगानीमा पुर्ब मन्त्री, जनप्रतिनिधि र स्थानीय नेताहरुको छ । बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपि ओम राना र बाकेको जिल्ला समन्वय समितिको सकृयता र निर्देशनमा २४ वटा अबैध क्रसर बाकेमा बन्द छन । छिमेकि जिल्ला बाकेमा अबैध क्रसर सिडिओ, एसपि र जिल्ला समन्वय समिती प्रमुख मिलेर बन्द गरेकाले दाङमा अबैध क्रसर बन्द गर्न अहिले चौतर्फि दबाब परेको छ । अबैध क्रसर बन्द गर्न दाङको सिडिओ र एसपि माथी दबाब बढेको छ । अबैध क्रसरलाई स्थानिय प्रहरि प्रसासनले संरक्षण गरेको स्थानीय नागरिक र सरोकारवालाले आरोप लाग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!