१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

प्रदेश ५ का डिआइजि धानुकले बढाए दाङका अबैध क्रशरलाई कार्वाही गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

एबिसी संचार दाङ प्रदेश ५ का डिआइजि रबिन्द्र धानुकले दाङका अबैध क्रशरमाथी कारबाहि गर्न जिल्ला प्रहरि कार्यालय दाङलाई कडा निर्देशन दिएका छन । अबैध क्रसरको बारेमा बिभिन्न सञ्चार माध्यममा निरन्तर समाचार आइरहेपछि कडा चासो दिदै तत्काल गैरकानुनि कार्य नियन्त्रण गर्न दाङका प्रहरि प्रमुख गणेश चन्दलाई कडा लिखितरुपमै निर्देशन दिएका छन । अबैध क्रशर बारे डिआइजि तहबाटै चासो ब्यक्त गरेको पहिलो घटना हो । डिआइजि धानुकले आफै प्रदेश प्रहरि कार्यालयको तर्फबाट लिखितरुपमै अबैध क्रसर बारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन । सञ्चारमाध्यममा समाचार आएपछि प्रदेश प्रहरिले चासो दिदै यस बारे यथार्थ अनुसन्धान गरि प्रतीबेदन बुझाउन पनि प्रदेश प्रहरि कार्यालयले निर्देशन दिएको छ । प्रदेस प्रहरि कार्यालयको निर्देशनपछि एसपि चन्दले जिल्ला प्रहरि कार्यालय दाङका डिएसपि सुमित खड्काको नेतृत्वमा अबैध क्रशरमाथि अनुसन्धान गर्न समिती बनाएका छन । डिएसपि खड्काले अबैध क्रसर बारे अनुसन्धान गर्न प्रदेश ५ को प्रदेश प्रहरि कार्यालयबाट लिखितरुपमा पत्र आएको र अहिले सो बारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए । प्रहरि अनुसन्धानले गलत देखिने र कानुन बिपरित काम भएको अबस्थामा कानुन बमोजिम कारबाही हुने खड्काले बताए । उनले क्रसर बारे जिल्ला समन्वय समिती र घरेलुलाई धेरै कुरा थाहा हुने भएकाले जिप्रका दाङद्वारा जिल्ला समन्वय समिती दाङ र घरेलुलाई अबैध क्रशर बारे बुझ्न पत्र काटिसकेको र त्यहाबाट बुझ्ने काम भइरहेको बताए । स्थानीय तह र समन्वय समितिले प्रहरिको सहयोग चाहेमा सहयोग गर्न तयार रहेको भन्दै खड्काले अबैध क्रशरमा प्रहरिको भुमिका खासै नहुने समेत बताए । जिल्ला प्रहरि प्रमुख गणेश चन्दले अबैध क्रसरलाई आफुले संरक्षण नगरेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले अबैध क्रसर बारे निर्णय गरे आफै गएर ताला ठाेक्ने पनि बताए । जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रिधर पौडेलले दाङका कतिपय अबैध क्रसरहरु रहेको र पछिल्लो पटक नदिजन्य उत्खनन् पदार्थको बारेमा नया एेन नियम आएको भन्दै प्रदेशको एेन अनुसार दाङमा अबैध क्रसरहरु थुप्रै रहेको बताए । उनले जिप्रका दाङबाट अबैध क्रसर बारे बुझ्न पत्र आएको भन्दै अबैध क्रसरलाई कारबाही गर्न जिल्ला समन्वय समिती तयार रहेको बताए । दाङमा ३५ वटा अबैध क्रसरहरु रहेका छन । घरेलुबाट बालुवा प्रसोधनको अनुमती लिएर क्रसिङ काम गर्ने दाङमा थुप्रै अबैध क्रसर छन । अबैध क्रसर लगानीमा पुर्ब मन्त्री, जनप्रतिनिधि र स्थानीय नेताहरुको छ । बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपि ओम राना र बाकेको जिल्ला समन्वय समितिको सकृयता र निर्देशनमा २४ वटा अबैध क्रसर बाकेमा बन्द छन । छिमेकि जिल्ला बाकेमा अबैध क्रसर सिडिओ, एसपि र जिल्ला समन्वय समिती प्रमुख मिलेर बन्द गरेकाले दाङमा अबैध क्रसर बन्द गर्न अहिले चौतर्फि दबाब परेको छ । अबैध क्रसर बन्द गर्न दाङको सिडिओ र एसपि माथी दबाब बढेको छ । अबैध क्रसरलाई स्थानिय प्रहरि प्रसासनले संरक्षण गरेको स्थानीय नागरिक र सरोकारवालाले आरोप लाग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]