१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

बिगतमा काम भन्दा कुरा बढि र सेलिब्रेटी र सस्तो लोकप्रियतामा चलेको बाके

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह  प्रहरी प्रमुख फेरिए संगै काम गर्ने तरिका र शैलीमा पनि फरक आएको छ।हिजो कुरा बढी र काम शुन्य अनि उठन्ती को कुरा ब्यापक थियो भने आज सबै कुरामा परिबर्तन देखिन्छ।साच्चै हिजो गिट्टी ,क्रसर, गोरु तस्कर , अबैध भन्सार असुली, फरार अपराधी संगको साठ्गाठ निकै थियो। दिउँसो भगत सिंह लाई गोलि हान्नु पर्छ भन्ने अनि राती उसैसंग बसेर खाना खाने मात्र होइन एउटा अपराधी जो फरार सुचि मा पनि मोस्ट वान्टेड सुचिमा छ उसै संग मिलेमतो मा चन्दा असुली र लखनउ सम्म घुम्ने काम नभएका होइनन् तर अहिली नयाँ प्रहरी प्रमुखको रूपमा ओम राना आए संगै गिट्टी बालुवा तस्करी शुन्य मा झरेको छ,२०६२ साल देखिका फरार अभियुक्तलाई धमाधम पक्रने काम भएको छ।हाल सम्म २२९ भन्दा बढी अभियुक्त समातिएका छ्न र प्रहरी को सक्रियता देखेर अदालत मा आत्म समर्पण गर्न धमाधम आउन थालेका छ्न।अबैध तस्करी र असुलिमा नियन्त्रण भएको छ।
शान्ती सु-ब्यबस्था कायम हुनुका साथै नागरिक मैत्री सम्बन्ध स्थापित भएको छ।छोटो समयमा यति धेरै परिवर्तन हुनु सुधारको सकारात्मक सन्देश हो। यो परिस्थिति लाई बरकरार राख्न सक्नुपर्दछ। त्यती मात्र होइन आन्तरिक परिवर्तन मा पनि बिषेष जोड दिनुपर्ने पर्ने हुन्छ।चाहे अनुशासन को कुरा होस चाहे चेन अफ कमान्ड को कुरा होस।जिल्ला देखी ईलाका सम्म यस किसिमको बिकृती हरु देखिन्छ।आन्तरिक सुदृढीकरणमा बिशेष जोड दिई ब्यापक परिवर्तन गर्नु एस पि साहेब को ठुलो कर्तव्य हुने छ। त्यस्तै अर्को सकारात्मक पक्ष पहिले एउटा स्टाफ ले सहजै कार्यालय प्रमुख लाई भेट्न सक्दैन थियो।जनता संगको कुरा परै छोडौ। आज प्रहरी नागरिक मैत्री र स्टाफ मैत्री भएको छ। हिजो चोर फटाहा लाई सधै खुल्ला रहने जिल्ला प्रहरी कार्यालय बाके आज निशेध रहेको छ।
अबैध सवारी साधन हरु ब्यापक मात्रामा नियन्त्रण भएका छ्न ।ट्राफिक को सक्रियता त्यतिकै मात्रामा बढेको छ। जिल्ला ,वर्डा प्रहरी र ट्राफिक प्रहरी को बीचमा आपसी समन्वय मा काम भैरहेको छ। एक अर्को को आपसी समन्वयमा सायद पहिलो पटक हो यसरी काम भएको।
११ वटा भन्दा बढी भन्सार ईलाका भएको बाके लागु औषधिको बलियो अखडा भनेर चिनिन्छ। धेरै ठुलो भन्सार ईलाका हुनु अपराध को एउटा मुख्य कारण पनि हो।तर गरे पुग्छ छरे पाग्छ भने झै ईच्छा र चाहना हुने हो भने थुप्रै सुधार हरु गर्न सकिछ भन्ने सन्देश बर्तमन प्रहरी प्रमुख ले दिएका छ्न।लागु औषध ओसारपसार एबम बिक्री बितरण र सेवन कार्यमा बाके लाई मुख्य ईलाका नै मानिन्छ। बिगतको तुलनामा ब्यापक नियन्त्रण भएको छ। अहिले भर्खरै लागु औषध नियन्त्रण महाअभियान सुरु भएको छ।बाकेमा आपराधिक घटना बढ्नु कोमुख्य कारण लागु औषध नै हो।अहिले यस्को लागी बिषेष अभियान थालिनु एउटा महत्त्वपूर्ण पक्ष हो।
यसै गरि मा प से अभियान का लागी भर्खरै बाट ब्रेथ लाईजर बाट मा प से अभियान सुरु हुनु नेपालगन्ज लाई सुरक्षित राख्न सि सि टि भि जडान को अबधारना बन्नु बाके जिल्ला प्रहरी कार्यालय को एउटा सर्हानिय पक्ष हो । यसरी नागरिक मैत्री प्रहरी र अपराध मुक्त बाके बनाउन बर्तमान प्रहरी प्रमुख ले चालेका कदम र अभियान हरु साच्चै नै सर्हानिय छ्न र त्यतिकै चुनौती र अबसर पनि हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (दिपक राज जोशी) तोकियो । केही मित्र मेरा, चिया जस्तै छन्… जो लट्ठ पारी बास्नाले, नजिकिन्छन् गुलियो स्वादमा, पछ्याउँछन्, आदत बन्छन्… अनि तलतल लाग्छ जब, अनेकन बहानामा, टाढिन्छन्, धोका दिन्छन्, जसरी ग्याष्ट्रिकको बहानामा चिया टाढिन्छ… जब बुझ्छु कुलत, त्यतिन्जेल फसिसकेकी हुन्छु, लतमा तीनीहरुको, जसले पारेर भ्रममा, दिलाए आभाष साथीत्वको, नसा–नसामा… र अन्तिममा फसाए, चियाले […]

महेन्द्र सिंह  प्रहरी प्रमुख फेरिए संगै काम गर्ने तरिका र शैलीमा पनि फरक आएको छ।हिजो कुरा बढी र काम शुन्य अनि उठन्ती को कुरा ब्यापक थियो भने आज सबै कुरामा परिबर्तन देखिन्छ।साच्चै हिजो गिट्टी ,क्रसर, गोरु तस्कर , अबैध भन्सार असुली, फरार अपराधी संगको साठ्गाठ निकै थियो। दिउँसो भगत सिंह लाई गोलि हान्नु पर्छ भन्ने […]