(दिपक राज जोशी)
तोकियो । केही मित्र मेरा,
चिया जस्तै छन्…
जो लट्ठ पारी बास्नाले,
नजिकिन्छन् गुलियो स्वादमा,
पछ्याउँछन्, आदत बन्छन्…
अनि
तलतल लाग्छ जब,
अनेकन बहानामा,
टाढिन्छन्, धोका दिन्छन्,
जसरी ग्याष्ट्रिकको बहानामा
चिया टाढिन्छ…
जब बुझ्छु कुलत,
त्यतिन्जेल फसिसकेकी हुन्छु,
लतमा तीनीहरुको,
जसले पारेर भ्रममा,
दिलाए आभाष साथीत्वको,
नसा–नसामा…
र अन्तिममा फसाए,
चियाले जस्तै गरी…
न सक्छु नजिकिन,
न टाढिन,
बस् तड्पीरहन्छु यादमा…
चियाको घुट्कोमा जस्तै,
हरेक बोलीमा तीनको,
विष छ मन्द, मन पोल्ने…
र पनि याद आउँछन्,
घाम होस् या झरी,
घरीघरी, सधैँभरी,
मुटु बिझ्नेगरी…