२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

हेलिकप्टरबाट सुत्केरीको उद्धार

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

Abc  Sanchar
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २स्३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा्रव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो ।
गतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । आफ्ना नागरिकको जीवन रक्षाका लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]