१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके एसपी रानाको ठुलो सफलता १० किलो अफिम सहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

महेन्द्र सिंह बाँके                                            लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न दुई जना बाँके प्रहरीको फन्दामा परेका छन । दाङबाट कुशुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको राप्तीसोनारी १ कुशुम बजारमा हिडिरहेका रुकुम (पुर्व) उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नं. १९ का बसन्त घर्ती मगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १० पोका अफिम बरामद गरीएको प्रहरीले जनाएको छ ।
दाङबाट अवैध लागुपदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख निरिक्षक हरी बस्नेत सहितको टोलिले बाँकेको कुशुम बजारबाट उनिहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा पत्रकार सम्मेलन गरेर लागुऔषध अफिम सहित पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गरीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!