१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बाँके एसपी रानाको ठुलो सफलता १० किलो अफिम सहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

महेन्द्र सिंह बाँके                                            लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न दुई जना बाँके प्रहरीको फन्दामा परेका छन । दाङबाट कुशुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको राप्तीसोनारी १ कुशुम बजारमा हिडिरहेका रुकुम (पुर्व) उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नं. १९ का बसन्त घर्ती मगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १० पोका अफिम बरामद गरीएको प्रहरीले जनाएको छ ।
दाङबाट अवैध लागुपदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख निरिक्षक हरी बस्नेत सहितको टोलिले बाँकेको कुशुम बजारबाट उनिहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा पत्रकार सम्मेलन गरेर लागुऔषध अफिम सहित पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गरीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]