२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

प्रदेश राजधानी सार्ने निर्णयको बिरोधमा बुटवलमा प्रदर्शन सरकारी गाडीमा तोडफोड

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

ABC Sanchar
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र बनाउने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन शुरु भएको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् । बुटवलको नेपालगञ्ज रोड प्रदेश सभा प्रवेश गर्ने द्वारमा युवाहरुले स्वतन्त्र रुपमा टायर बाल्दै प्रदर्शन गरेका छन ।
प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो । प्रस्ताव पेस हुन साथ नेविसंघले बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ ।
सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु१ झ ४२१ नं. को गाडी तोडफोड भएको छ । त्यस्तै लु १ झ ४४९ नं. गाडी पनि तोडफोड भएको छ । नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेबिसंघले आन्दोलन सुरु गरेको बताए । बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको केही समयमै प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७:१० बजेतिर प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो। गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ। मतदानमा अन्य कुनै अवरोध नभएको […]

सर्लाही । निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद भएको छ। मतदान केन्द्रमा जम्मा भएका मतदाताबीच भनाभन र धक्का–मुक्का भएपछि स्थिति तनावपूर्ण बनेको थियो। विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको […]

बाँके। नेपालगन्ज जिल्लामा नेपाल-भारत सिमानाका नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने भएको छ। यो निर्णय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर कडाइ गरिएको हो जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचनामा भनिएको छ कि भारत जोड्ने नाकाहरूमा यातायातका साधन सञ्चालन तथा आवतजावतमा रोक लगाइएको छ। तर, एम्बुलेन्स, ट्यांकर, […]

error: Content is protected !!