२१ मंसिर २०८०, बिहिबार
07-12-2023 , Thu
×

उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि गाउँघरमा कोरोनाको डर

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar
काठमाडौँ दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशँै आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए । तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका छन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार केही दिनदेखि काठमाडौँ उपत्यकामा भित्रनेभन्दा बाहिरिनेको सङ्ख्या बढेको छ । तर यो सङ्ख्या शनिबारको रहेको र यो साता नियमित रुपमा संख्या गणना गरेपछि सङ्ख्याबारे थाहा हुने एसएसपी ढकालले बताउनुभयो ।
‘केही दिनअघिसम्म दैनिक उपत्यका छाड्नेभन्दा भित्रनेको सङ्ख्यामा वृद्धि भएको थियो अहिले बाहिरिनेको सङ्ख्या बढेको छ’ एसएसपी ढकालले भन्नुभयो । उहाँका अनुसार अहिले उपत्यका भित्रने र बाहिरिने सवारी साधनको सङ्ख्या बराबार जस्तै देखिए पनि बाहिरिने सवारी साधनको सङ्ख्या केही दिनदेखि बढेको छ । अहिले दैनिक चार हजार ८०० सम्म उपत्यकामा सवारी साधन प्रवेश गरेका छन् भने सोही सङ्ख्यामा उपत्यका बाहिरिने पनि छन् । अघिल्ला वर्षहरुमा यही समयमा दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेका थिए ।
उपत्यकामा अझै जोर बिजोर प्रणाली रहेको र त्यसकोे अवज्ञा गरेर सवारी साधन सञ्चालन गर्नेलाई कारबाही भइरहेको उहाँले बताउनुभयो । ‘अहिले पनि दैनिक हामीले एक हजार ५०० देखि दुई हजार सवारी साधनलाई कारबाही गरेका छौँ’ एसएसपी ढकालले भन्नुभयो । एकातिर कोरोनाको जोखिम अर्काेतिर ठूला चाडपर्व मुखमा रहेको समयमा ट्राफिक व्यवस्थापन गर्न प्रहरी सक्रिय रहेको बताउँदै दैनिक जोर बिजोर नमान्ने तथा ट्राफिक नियम पालना नगर्ने दुई हजारसम्म सवारी साधनहरुलाई कारबाही गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
यातायात व्यवसायीहरुले यो वर्ष अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् भने यात्रु नभएको भन्दै धेरै सार्वजनिक यातायातलाई आलोपालो चलाएका छन् । पोहोर यही समयमा हजाराँै सवारी साधन उपत्यकाबाट बाहिरिने गरेका थिए । यो वर्ष मुस्किलले लामो रुटका केही सङख्यामा मात्रै सार्वजनिक सवारी साधन यात्रु बोकेर बाहिरिने गरेको यातायात व्यवसायी बताए । गोर्खापत्र अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिओ श्रवणकुमार पोखरेलले कसैले चाहेर पनि अवैध तस्करी रोक्न नसक्ने बताएका छन् । खुल्ला सीमानाका कारण अवैध चोरी नियन्त्रण गर्न नसकिने उनको भनाई छ । १३ औँ अन्तर्राष्ट्रिय कर दिवसको अवसरमा नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले दशगजाको वरिपरि दुई देशका नागरिकको वस्ती भएकोले अवैध […]

  (ABC-Sanchar) काठमाडौं । प्रहरीले तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवा रोकिदिएको छ । तीनकुनेमा एमालेको भातृ संगठन युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाइको आह्वानमा व्यवस्था परिवर्तनका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् । यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । सवारीमा जडान गरिएको यो उपकरणले आफ्नो आसपासका […]

(एबिसि संचार ) काठमाडौं उपत्यकाका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन् । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन् । युवा संघले तीन कुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]