२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

तुल्सीपुरमा मोटरसाईकल दुर्घटना हुँदा शिक्षालय प्रमुखको मृत्यु

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

तेज वली
तुलसीपुर मोटरसाईकल दुर्घटना हुँदा दाङ तुलसीपुर स्थित शान्तिदिप प्राबिधिक शिक्षालयका प्रमुख बसन्त भण्डारीको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।
मोटरसाईकलमा सवार रही अस्वाराबाट तुलसीपुर आउँदै गरेको अबस्थामा सोमबार राति १२ बजे तिर गहते खोलामा दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपालिका वडा नं ६ गुम्राहचोक निवासी २९ बर्षीय बसन्त भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार रा ५ प ४७५९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा अर्का सवार दंगीशरण गाउँपालिका वडा नं ६ श्रीगाउँ निवासी २६ बर्षीय गोविन्द केसी घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]