०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
×

तनहुँ प्रहरीले लागूऔषध सहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC क्राईमबिट)
तनहुँ ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलिले २८६ एम्पुल विभिन्न लागूऔषधसहित ३ जनालाई पक्राउ गर्न सफल भएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ कोत्र स्थित गस्ति गर्ने क्रममा शंकास्पद रुपमा हिडिरहेका तनहुँको व्यास नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले लागूऔषध डाईजापाम १०४ एम्पुल, नुफिन-८९ एम्पुल र फेनरागन-९३ एम्पुल गरि जम्मा २८६ एम्पुल लागूऔषध फेला पारि बरामद गरेको छ ।
पक्राउ परेका सबैजना उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

error: Content is protected !!