१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

लमही-भालुवाङ सडक खण्डकाे माैरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध

Logo
प्रकाशित बुधबार, कार्तिक २६, २०७७

बिदुर एमसी
दाङ देउखुरीकाे लमही-भालुवाङ सडक खण्डकाे माैरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध भएकाे छ । गएराती माैैैरीघाटमा माेटरसाइकल र ट्रक एक आपसमा ठाेकिदा तीन जना युवाहरूकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
घटनास्थलमा पल्टिरहेकाे ट्रक प्रहरीले जबरजस्त उठाउन खाेजेपछि पिडितहरूले नाराबाजी गर्दै सडकमा ढुंगा राखेर सडक अबरूद्ध गरेका हुन् । प्रहरीले पिडितहरूकाे सहमित बिना गएराती शब उठाएकाे भन्दै पिडितहरूले बिहान करिब १० बजेदेखि सडक अबरूद्ध गरेका छन् ।
पिडितलाई क्षतिपुर्ति दिलाउन आवश्यक कतैबाट पहल हुन सकेकाे छैन । घटनास्थलमा स्थानीय वडाध्यक्ष बाहेक गाउँपालिका अध्यक्षकाे समेत उपस्थिती रहेकाे छैन । बाटाे खुलाउने र पिडितलाई न्याय दिलाउने बिषयमा ठाेस पहल नहुँदा बाटाे बन्द भएकाे ४ घण्टा बित्न लाग्दा समेत अहिले सम्म सडक सुचारू हुन सकेकाे छैन ।
ट्रक समिती र ट्रकका मालिक सम्पर्कमा नआउँदा अहिले सम्म पिडित पक्ष संग अहिले सम्म छलफल हुन सकेकाे छैन ।
यता दुर्घटना पछि गएराती नै ट्रकका चालक फरार भएका थिए । आज बिहानै मात्र ट्रक चालक कपिलबस्तुकाे गाेरूसिङ्गेबाट प्रकाउ परेपछि ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ ल्याउने तयारी भएकाे ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिएका छन् ।
ट्रक चालक भालुवाङ प्रहरीकाे सम्पर्कमा आएपछि चालककाे प्रारम्भिक बयानबाट मात्र घटना कसरी भएकाे भन्ने बिषयमा बिस्तृत जानकारी प्राप्त हुने प्रहरी प्रमुख भट्टले बताए ।
पूर्व-पश्चिम सडक अबरूद्ध हुँदा सयाै गाडीहरू र यात्रुहर बीच बाटाेमै अलपत्र परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]