१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सिरहा प्रहरीले नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(ABC क्राईमबिट) सिरहा बजेको समयमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश गोलबजार, सिरहाको संयुक्त टोलिले जिल्ला सिरहा गोलबजार न.पा. वडा नं. ६ स्थित बिरेन्द्र महतोको घरमा डेरा गरी बस्ने निम्न मानिसहरु नक्कली नेपाली नोट, ल्यापटप र प्रिन्टर सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि ई.प्र.का. गोलबजार सिरहामा ल्याईको थप अनुसन्धान कार्य बई रहेको ।
निम्न;-
१ जिल्ला सिरहा कल्याणपुर न.पा.नं.७ भेडिया बस्ने बर्ष २५ को बिमलेन्द्र नायक ।
२ जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१२ बेतौना बस्ने वर्ष २५ को धिरज राय ।
३ ऐ. ऐ. बस्ने बर्ष २० को संजय कुमार राय ।
बरामद भएका दशीहरुः-
१. एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार
२. HP कम्पनीको ल्यापटप थान-१
३. कयानन कम्पनीको प्रिन्टर थान-१
४. प्लाष्टिकको फोल्डिङग सानो टेबल थान-१
५. स्केल स्टिलको थान-३
६. कैची थान-२
७. मोटरसाईकल थान-१@

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]