१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मङ्सिर ३० गतेसम्मको लागि सीमानाका बन्द हुने

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

महेन्द्र सिंह  बाँके                                           नेपालगसंग जोडिएको अन्तराष्ट्रिय सीमानाका थप एक महिनाका लागि लम्बाइएकोछ ।
सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै थप एक महिनाका लागि प्रतिबन्ध लगाएको हो । सरकारको यो निर्णयसगैं नेपालसंग जोडिएको अन्तराष्ट्रिय सीमानाकामा थप कडाईका साथ आगामी मंसिर ३० गतेसम्म प्रतिबन्ध लम्बाएकोे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले सीमानाका बन्द सम्बन्धि जानकारी गराएका हुन् ।
सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि नेपालका सबै नाकाबाट नेपाली बाहेकलाई प्रवेशमा रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]