२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

निन्द्रा नलागेर हैरान हुनुभएको छ यी उपाय अपनाउनुस निद्रा लाग्छ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(ABC Sanchar)
काठमाडौं आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । मोबाइल वा टेलिभिजनमा धेरै समय भुल्ने लगायतको समस्याका कारण पनि मानिसहरुमा निन्द्रा नपर्न सक्छ ।
निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ । निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ ।
इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई निद्रा आउँदैन र पूरै रात ओछ्यानमा यता उता पल्टदै रात कट्न सक्छ ।
निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ ।
कसैलाई रिंगटा लाग्ने, काममा ध्यान नजाने लगातका समस्या उत्पन्न हुन सक्छ । यदी तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ जसका कारण निद्रा राम्रोसँग लाग्न सक्छ ।
तातो पानीले नुहाउने
थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ ।
लेवेन्डुलाको तेलको प्रयोग
पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ । यस तेलको सट्टा अन्य तेलको प्रयोगले शरीरको थकान कम हुनुको साथै राम्रोसँग निद्रा लाग्छ ।
तातो दूध र मह
प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ । तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ । दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभुति हुने गर्छ ।
हर्बल चिया
रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ ।
सुत्नुअघि नगर्नुहोस् यी गल्ती
सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस्
रातिको समयमा सधैं सामान्य खालको र कम खाना खानुस्
रातिको खाना सुत्नुभन्दा २ घन्टापहिला खानुपर्छ
सुत्नुअघि मोबाइल चलाउने वा लामोसमय टेलिभिजन हेर्ने लगायतका काम गर्न हुँदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *आमा कुकुरको अवस्था* आमा कुकुरले आफ्ना बच्चा गुमाउँदा मान्छेजस्तै शोक, डिप्रेसन र तनाव महसुस गर्छे। लास कुरेर बस्नु, खान-पिउन छोड्नु, रुने/भुक्ने गर्नु शोकका लक्षण हुन्। उसलाई अहिले सुरक्षा र साथ चाहिन्छ। *तपाईंले तत्काल के गर्न सक्नुहुन्छ:* 1. *लासको व्यवस्थापन*: बच्चाको लासलाई आमाले नदेख्ने ठाउँमा गाडिदिनुहोस्। लास अगाडि हुँदा आमाले ठाउँ छोड्दिन र अझ […]

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली […]

काठमाडौं । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

error: Content is protected !!