१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

प्रहरीले जुवा खेलिरहेका वडाध्यक्षसहित १५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

ABC (क्राईमबिट)
सुर्खेत जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले रु। तीन लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन्।
त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका–७ का चक्रबहादुर खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]