२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

स्कार्पियोको ठक्करवाट बाँकेमा साईकल यात्रुको मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर ०२, २०७७

(महेन्द्र सिंह)
बाँकेमा स्कार्पियोका ठक्करबाट एक जना साईकल यात्रुको मृत्यु भएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. १ सौंरी कुसुम निवासी ६२ बर्षीय दिलबहादुर लुङगेली मगरको मृत्यु भएको छ ।
साईकलमा सवार उनलाई तिहारको अघिल्लो दिन साँझ बा १२ च ३६२४ नम्वरको स्कार्पियोले सौंरीमा ठक्कर दिएको थियो । मगरलाई उद्धार गरि कोहलपुर मेडिकल कलेज पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कुुसुमका प्रमुख सइ लक्ष्मण डाँगीले जानकारी दिए । उनको शव अझैं कोहलपुर मेडिकल कलेजमा छ । मृतकका परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउने बारेमा मंगलवार विहान इप्रका कोहलपुरमा छलफल सुरु हुने लागेको प्रहरीले बताएको छ । चालक र स्कार्पियो प्रहरी नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!