०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

वरिष्ठ सर्जक टेक तामाङको “नजिक यति भएर पनि…” म्यूजिक भिडियो  सार्बजनिक

Logo
प्रकाशित बिहिबार, जेठ १०, २०७५

सागर थापा, दाङ

वरिष्ठ सर्जक टेक तामाङद्वारा रचित “नजिक यति भएर पनि…” आधुनिक गीतको म्यूजिक भिडियो सोमवार सार्बजनिक भएको छ ।

उक्त म्यूजिक भिडियोलाई एक विशेष कार्यक्रमको आयोजना गरी सङ्ग्स नेपालको आधिकारिक युट्यब च्यानेल मार्फत सर्बत्र सार्बजनिक गरिएको हो ।राष्ट्रको जिम्मेवार उच्च नेतृत्वदायी भूमिकामा रही अहोरात्र कार्य व्यस्तताका बावजुद पनि नेपाली गीत संगीतप्रतिको अगाध माया मोहमा चुर्लुम्मै डुब्ने गर्नुहुन्छ । त्यसैले पनि होला वरिष्ठ सर्जक तामाङले यसभन्दा अगाडी थुप्रै नेपाली मौलिक गीत रचनाहरु पस्किसक्नु भैसकेको छ ।

यसैक्रममा हिजो मात्रै सार्बजनिक गरिएको आधुनिक “नजिक यति भएर पनि…” गीतमा गायिका मेलिना राईको आवाज रहेको म्यूजिक भिडियोमा बर्षा सिवाकोटी र कमल सिंहको मार्मिक अभिनय रहेको छ ।म्यूजिक भिडियोमा भित्रीमनले चाहेर पनि बाहिरी भौतिक शरिर अलग, तरपनि अझसम्म भित्रिमनकै सेरोफेरोमा उनकै गाढा यादमा टोलाउदै भन्ने गर्छन कि “नजिक यति भएर पनि…” किन यति टाढा ? भनेर स्पष्ट पार्न खोजिएको छ।“नजिक यति भएर पनि…” म्यूजिक भिडियोको निर्देशन निकेश खडकाले गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको छ। त्यस्तैगरी म्यूजिकमा कन्काइष्ट राई, एरेञ्ज साहस शाक्यको छ भने छायांकन बुद्ध थापा एण्ड टीमले गरेका हुन्।भर्जिन भ्वाइस स्टुडियोमा तयार पारिएको यस म्यूजिक भिडियोको रेकर्डिष्ट कुमार सिंजाली मगर हुन् भने मिक्सिङ चन्द्र चौधरीको रहेको छ।

https://youtu.be/hI73BmCJBRU

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबिच शुक्रवार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

(ABC-Sanchar) दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो । अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन […]