१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बाँके प्रहरीले हराएको पैसा फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाउदै एसपी राना

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(महेन्द्र सिंह) बाँके                                             प्रहरीले रिक्साबाट हराएको ७ लाख ४० हजार नगद २४ घण्टामा फेला पारि सम्बन्धित ब्यक्तिलाई बुझाउन सफल भएकोछ । फेला पारेको ७ लाख ४० हजार रुपैयाँ बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पीडित दत्तबहादुर नाथलाई मङ्गलबार बुझाउन सफल भएका हुन् ।
रोजगारीका शिलशिलामा भारतबाट फर्केका घोराही नगरपालिका वडा नम्बर– ५, धर्ना बस्ने ५४ वर्षिय दत्त सोमबार नेपालगन्जको पुष्पलाल चोकबाट कारकाँदो जानेक्रममा ७ लाख ४० हजार रुपयाँ रहेको उनको झोला रिक्सामै छुटेको थियो ।
वर्षभरी मेहनगरि कमाएको रकमसहितको झोला हराएलगत्तै दत्तले जिल्ला प्रहरी कार्यालयमा सोमबार निवेदन दर्ता गराएका थिए । दत्तले निवेदन दर्ता गराएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वरदेव गिरीको कमाण्डमा खटेको प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिकामा जडान गरिएको सिसी टिभि फुटेजको सहयोगमा अनुसन्धान गर्दै जाँदा नगदसहितको झोला नेपालगनज उप–महानगरपालिका वडा नम्बर–१४ बस्ने देशराज बर्माले चलाउने गरेको भे १ ह ५०१९ नम्बरको अटो सिक्सामा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए ।
रकमसहितको झोला उक्त रिक्सामा रहेको तथ्य फेला परेपछि प्रहरीले रिक्सा चालक बर्मालाई खोजी गरि सकुसल उक्त रकम पीडित ब्यक्तिलाई सकुसल बुझाउन सफल भएको एसपी रानाले जानकारी दिए ।
वर्षभरी कमाएको रुपैयाँ लिएर घर फर्केका दत्त लाखौं रुपैयाँसहितको झोला हराएपछि भेटाउने आशा मारेको बताए । उनले भने–‘प्रहरीको सक्रियताले हराइरहेको रुपैयाँ प्रहरीले २४ घण्टामै फेला पारि सकुसल उपलब्ध गरायो ।’ हर्षित हुदैँ उनले अगाडी भने–‘यही घटना भारतमा भएको भए मैले हराइरहेको पैसा पाउने थिए । धन्यबाद छ बाँके प्रहरीलाई ।’
यसअघि, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर– ३ बस्ने राधिका बिकको मंसिर १० गते दमराबाट बानियाँभार जाने क्रममा नगद चार लाख रुपैयाँ रहेको उनको झोला बसबाट हराएको थियो ।
चार लाख नगद सहितको झोला हराएको भनि वडा प्रहरी कार्यालय नेपालगन्जमा राधिकाले निवेदन दिए पश्चात वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्का स्वयं अनुसन्धानमा खटेका थिए ।
कोहलपुर चौराहमा रहेको सिसी टिभिले कैद गरेको फुटेजबाट निरन्तर अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक खड्काले पाँचौ दिनमा हराइरहेको रकम सकुसल फेला पारि पीडित राधिकालाई उपलब्ध गराएका थिए ।
लामो समय सिआइबीमा काम गरेका निरीक्षक खड्का अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!