१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

बाँके प्रहरीले हराएको पैसा फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाउदै एसपी राना

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(महेन्द्र सिंह) बाँके                                             प्रहरीले रिक्साबाट हराएको ७ लाख ४० हजार नगद २४ घण्टामा फेला पारि सम्बन्धित ब्यक्तिलाई बुझाउन सफल भएकोछ । फेला पारेको ७ लाख ४० हजार रुपैयाँ बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पीडित दत्तबहादुर नाथलाई मङ्गलबार बुझाउन सफल भएका हुन् ।
रोजगारीका शिलशिलामा भारतबाट फर्केका घोराही नगरपालिका वडा नम्बर– ५, धर्ना बस्ने ५४ वर्षिय दत्त सोमबार नेपालगन्जको पुष्पलाल चोकबाट कारकाँदो जानेक्रममा ७ लाख ४० हजार रुपयाँ रहेको उनको झोला रिक्सामै छुटेको थियो ।
वर्षभरी मेहनगरि कमाएको रकमसहितको झोला हराएलगत्तै दत्तले जिल्ला प्रहरी कार्यालयमा सोमबार निवेदन दर्ता गराएका थिए । दत्तले निवेदन दर्ता गराएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वरदेव गिरीको कमाण्डमा खटेको प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिकामा जडान गरिएको सिसी टिभि फुटेजको सहयोगमा अनुसन्धान गर्दै जाँदा नगदसहितको झोला नेपालगनज उप–महानगरपालिका वडा नम्बर–१४ बस्ने देशराज बर्माले चलाउने गरेको भे १ ह ५०१९ नम्बरको अटो सिक्सामा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए ।
रकमसहितको झोला उक्त रिक्सामा रहेको तथ्य फेला परेपछि प्रहरीले रिक्सा चालक बर्मालाई खोजी गरि सकुसल उक्त रकम पीडित ब्यक्तिलाई सकुसल बुझाउन सफल भएको एसपी रानाले जानकारी दिए ।
वर्षभरी कमाएको रुपैयाँ लिएर घर फर्केका दत्त लाखौं रुपैयाँसहितको झोला हराएपछि भेटाउने आशा मारेको बताए । उनले भने–‘प्रहरीको सक्रियताले हराइरहेको रुपैयाँ प्रहरीले २४ घण्टामै फेला पारि सकुसल उपलब्ध गरायो ।’ हर्षित हुदैँ उनले अगाडी भने–‘यही घटना भारतमा भएको भए मैले हराइरहेको पैसा पाउने थिए । धन्यबाद छ बाँके प्रहरीलाई ।’
यसअघि, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर– ३ बस्ने राधिका बिकको मंसिर १० गते दमराबाट बानियाँभार जाने क्रममा नगद चार लाख रुपैयाँ रहेको उनको झोला बसबाट हराएको थियो ।
चार लाख नगद सहितको झोला हराएको भनि वडा प्रहरी कार्यालय नेपालगन्जमा राधिकाले निवेदन दिए पश्चात वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्का स्वयं अनुसन्धानमा खटेका थिए ।
कोहलपुर चौराहमा रहेको सिसी टिभिले कैद गरेको फुटेजबाट निरन्तर अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक खड्काले पाँचौ दिनमा हराइरहेको रकम सकुसल फेला पारि पीडित राधिकालाई उपलब्ध गराएका थिए ।
लामो समय सिआइबीमा काम गरेका निरीक्षक खड्का अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!