१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

रास्ट्रपतिबाट अध्यादेश जारी भएपछि के गर्न मिल्छ के गर्न मिल्दैन ?

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

(ABC Sanchar)
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरिन् ।

अध्यादेशमा ऐनको दफा ६ मा रहेको ‘परिषद्को बैठक सम्बन्धी कार्यविधि’ सम्बन्धी केही व्यवस्था परिवर्तन गरिएका छन् ।

अध्यादेशमा ऐनको दफा ६ को उपदफा ६ झिकिएको छ । उपदफा ६ मा ‘उपदफा ९५० बमोजिम सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन ।’ भन्‍ने उल्लेख छ । ऐनको उपदफा ५ मा ‘ बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ’ भन्‍ने उल्लेख थियो ।

उपदफा ७ मा उल्लेख व्यवस्था परिवर्तन गर्दै ‘(७) उपदफा (३) बमोजिम परिषद्को बैठकको गणपूरक संख्या नपुगेमा वा उपदफा (५) बमोजिम निर्णय हुन नसकेमा अधयक्षले कम्तीमा चौबिस घण्टाको समय दिइ पुनः अर्को बैठक बोलाउन लगाउनेछ ।’

ऐनको उपदफा (३)मा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्‍ने उल्लेख छ । उपदफा ५ मा ‘ बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ ।’

त्यस्तै अध्यादेशमा उपदफा ७ मा (७क) थपिएको छ । त्यसमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको गणपूरक संख्या पुगेको मानिनेछ र त्यस्तो बैठकमा अध्यक्षसहित उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ’ भन्‍ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले यही अध्यादेश गत बैशाख ८ गते पनि यही अध्यादेश जारी गरेका थिए ।

यो पनि पढ्नुहोस्

अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ: प्रचण्ड

मन्त्रिपरिषद् बैठकमा छलफल नै भएको थिएन अध्यादेशको विषय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि कांग्रेसको आपत्ति

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!